बालसिर्जना संवाददाता १३ भदौ २०७९, सोमवार

 

काँग्रेसका हस्ती सिटौलाले महामन्त्री विश्वप्रकाश पक्षलाई ‘पेलेको’ सुनिन्छ । यसरी पार्टीलाइ फाइदा हुँदैन । चुनावकाे राैनक घर अाँगनमा अाइसकेकाे छ । यस्ताे अवस्थामा सिटाैला जीले पुरानाे राग त्यागेर राष्टिय राजनीतिकाे केन्दंमा रहेका विश्वप्रकाशलार्इ सघाउनु पर्छ ।

गएकाे स्थानीय निर्वाचनमा दुइ नेताबीचकाे सौहार्द्ध सम्बन्धले कांग्रेसलाई जिताउने अवसर थियो । प्रयास नभएको पनि होइन । स्थानीय तह निर्वाचनको मिति घोषणा भइसकेपछि शर्मा, सिटौला र केन्द्रीय सदस्य सरिता प्रसाईं झापा झर्नुभयो र एउटै मञ्चमा देखिनुभयो ।

‘चुनावमा हामीबीचको मतान्तर देखिने छैन । झापामा काँग्रेस विजयी गराउन एकवद्ध छौं’ तीनै नेताले सामूहिक उद्धघोष गर्नुभयो, ‘सबैलाई जिताउने गरी आजैदेखि अभियान चालौं । गुटको अनुभूति हुन झापामा अब दिँदैनौं ।’ भनाइ ठिकै थियो तर व्यवहार अर्कै हुन गयो ।

बिर्तामोडमा भएको कार्यक्रमले कार्यकर्तामा उत्साह थप्यो । समूहगत विवाद झापा नदेखिने गरी ढुक्क बनाएपछि कार्यकर्तामा ऊर्जा देखियो । कार्यकर्तामा देखिएको उत्साह टिकट वितरणको क्रममा पुग्दा धुलिसात भइदियो ।

काँग्रेस केन्द्रमा नेता सिटौला पक्ष कमजोर हुँदै छ । झापा जिल्ला १ नम्बर प्रदेश कार्यसमितिमा सिटौला जी कै बहुमत छ । काँग्रेस केन्द्र हाँकेका व्यक्ति सिटौला जी प्रदेश र जिल्ला नेतृत्वमा आफ्ना मान्छे छन् भनेर रमाउनु उपयुक्त हुँदैन । स्थानीय चुनावको टिकट वितरणका क्रममा अत्यधिक लाभ लिएका सिटौलाले महामन्त्री विश्वप्रकाशको गृहनगर मेचीनगरको मेयरको टिकटका कारणले सिँगै झापा जिल्लाका काँग्रेसले तपाइँ माथि प्रश्न उठाए ।

‘विश्वप्रकाशको आग्रहमा देउवाले टिकट उनी पक्षीयलाई दिने निर्णय गरे । तर स्थानीय नेताहरुका अनुसार टिकट खोसिएसँगै सिटौला पक्षले विश्वप्रकाश निकटका उम्मेदवारलाई सहयोग गरेनन् । मेचीनगरमा गठबन्धन नै नहुँदा अघिल्लोपटक विमल आचार्यले कांग्रेसबाट जितेका थिए । गठबन्धन हुँदा यसपटक कांग्रेस उम्मेदवार पाँच हजार १६७ मतान्तरले पराजय भोगे । सिटौला पक्षको असहयोगले कांग्रेसको पक्षमा उत्साहप्रद नतिजा नआएको कुरा स्पष्ट छ ।

‘विश्वप्रकाश पक्षका व्यक्ति नियोजित रुपमा हारे । कांग्रेसलाई झापामा बलियो बनाउन उहाँ सिटौलाले विश्वप्रकाशसँग छुट्टै समझदारी गर्नुपर्छ ।

नेपाल विद्यार्थी संघको अध्यक्ष हुने बेलासम्म तपाइँ दुइजनाके सम्बन्ध समधुर थियो । तर १२ औं महाधिवेशन सम्बन्ध बिग्रने कारण बनिदियो । झापा जिल्ला सभापतिमा प्रतिस्पर्धा गर्ने विश्वप्रकाशलाइ तिमी केन्द्रमै दाबी गर । जिल्लामा राजनीति गरेर अघि बढेकालाई सभापति बनाऔं भन्ने कृष्ण सिटौलाको कुरा थियो तर नेता कसैले बनाएर हुन्छ कि क्षमताले भन्ने प्रश्न गम्भीर छ ।

त्यसपछि दुइजनाका बिचमा दुई धारको औपचारिक सुरुवात भयो भन्ने सबैलाइ थाहा छ । झापामा बढेको तिक्तता केन्द्रमा पनि तत्कालीन समयमा देखियो । गिरिजाप्रसाद कोइराला तथा सुशील कोइरालाका ‘भित्रिया’ समेत सिटौला भएका र सुशील कोइराला कार्यवाहक सभापति बनेको बेला विश्वप्रकाशलाई सिटौलाले अर्को धक्का दिए । नेविसंघका पूर्व सभापतिहरु प्रदीप पौडेल, गोविन्द भट्टराई, गुरुराज घिमिरेलगायतलाई केन्द्रीय सदस्यमा मनोनित गर्दा विश्वप्रकाशलाई गरेनन् । केन्द्रीय सदस्यमा मनोनित गर्न रोक्ने सिटौला नै हुन् भनी विश्वप्रकाशलाई पर्नु स्वाभाविक छ ।

दुबै आआफ्नो तरिकाले राजनीति गरे पनि सम्बन्ध सुमधुर भएन । विश्वप्रकाशले महामन्त्री उम्मेदवारी काठमाडौंबाट घोषणा गरेर ‘विश्वप्रकाशलाई महामन्त्री बनाऔं’ चुुनावी अभियान झापाबाट सुरु गर्ने सोच राखेर चुनावी अभियानलाइ जिल्ला कार्यसमिति मार्फत् गर्न चाहेका विश्वप्रकाशले साथ पाएनन् । जिल्ला नेतृत्वले असहयोग गर्दागर्दै विश्वप्रकाशले विर्तामोडमा महाधिवेनको चुनावी अभियान शुभारम्भ गरे । सिटौला पक्षका कोही पनि उनको कार्यक्रमा पुगेनन् । झापाका पुराना नेताले पनि उनलाइ साथ दिएनन् ।

सिटौलाको असहयोग हँुदाहुँदै पनि झापाका युवा नेता विश्वप्रकाश शर्मा नेपाली काँग्रेसको महामन्त्रीमा निर्वाचित भए । महामन्त्री विजयी भएकोमा गृह जिल्लामा धन्यवाद कार्यक्रम राख्न विश्वप्रकाशले चाहे पनि सिटौला पक्ष उपस्थित भएनन् । चुनावी अभियान प्रारम्भ गर्दा उपस्थित हुन नचाहेका पाका नेताहरु भने पछिल्लो पटकको कार्यक्रममा सहभागी भए ।

दुई नेताको टकरावले गर्दा कांग्रेसले झापाका स्थानीय तहमा आशातीत परिणाम प्राप्त गर्न सकेन । दुई नेताको सम्बन्ध सुधार नभए त्यसको हानी संघ र प्रदेशको निर्वाचनमा पार्टीले बेहोर्ने निश्चित छ । झापाका जिल्लाका काँग्रेससँग कुरा गर्दा सकेसम्म  विश्वप्रकाशलाइ हराउँछन् भन्ने मात्रै सुनिन्छ । किन यस्ता भनाइ सुन्न पर्छ ।

विश्वप्रकाश शर्मा र सिटौला जी तपाइँहरुको गठजोड बलियो भयो भने गठबन्धनले ४ वटा सिट जित्न सक्ने कार्यकर्ताको आँकलन छ । गठबन्धनबाट जित निकाल्न सत्ताघटकको इमान्दारी र दुई नेताको सहकार्य अनिवार्य छ । गठबन्धन गर्ने भनेकै सबै जित्न हो । यसरी मन मिलेमा झापा काँग्रेसलाइ कसैले हराउन सक्दैन ।

झापाको हकमा कांग्रेस, एमालेपछि र तेस्रो शक्तिको रुपमा राप्रपा निर्णायक छ । स्थानीय तह निर्वाचनमा झापा–३ बाहेक अरु सबै क्षेत्रमा एमाले पहिलो शक्ति छ । तालमेल विना तपाइँ दुबै नेतालाई जित्न गाह्रो छ । २०७४ मा विश्वप्रकाशले पाएको मतको आधारमा सिटौला जीलाइ भन्दा विश्वप्रकाशलाई अनुकूल छ । २०७४ सालमा सिटौला १३५०० को फराकिलो मतान्तरले पराजित हुँदा विश्वप्रकाशले लगभग २६ सय मतले हारेका थिए ।

नेताहरुको मनमुटावले तालमेल गर्दा पनि जिल्लामा पराजय भोग्नुपरेको तीतो यथार्थ छ । एउटाले अर्काको भूमिकालाई कमजोर देख्दा थप क्षति हुन्छ । सम्मानित नेताको भूमिका दिँदा समेत सिटौला जीले किन विश्वप्रकाशलाइ पेल्नु हुन्छ उत्तर कसैसँग छैन । ‘उहाँको असहयोगले म हारें भने ५१ वर्षमा तीन पटक हारेको हुनेछु ।’ किन विश्वप्रकाशलाइ यसरी पीडा थप्नु हुन्छ सिटौला जी ।

तालमेल गर्दा माओवादीको भागमा पर्ने अवस्था रहे झापा–१ मा विश्वप्रकाश उम्मेदवार हुन नपाउने अवस्था नबनाउनु पर्ला। झापा– ३ मा सिटौला जी तपाइँ स्वयं दाबेदार हुने पक्का छ । सिटौला जी स्थानीय राजनीतिमा छोरा श्याम सिटौलालाई अघि बढाउनु ठिकै छ तर देशै हाँक्ने अवस्थामा पुगेका विश्वप्रकाशलाइ भड्खालामा नहाल्नु उचित हुन्छ ।

Top