बालसिर्जना संवाददाता २९ असार २०७७, सोमवार

 

६ वैशाख २०७७
आज बिहान म ७ः०० बजे उठेँ । साबुन पानीले मिचीमिची धेरै बेर लगाएर हात धोएँ । ममीले चिया र नास्ता दिनुभयो, खाएँ । बाबाको मोबाइलमा विद्यालयले पठाएको गृहकार्यको सूची आएछ, बाबाले देखाउनु भयो । विद्यालयले लकडाउनको समय सदुपयोग गर्नका लागि सूची पठाएछ । कोरोना भाइसर विश्वव्यापी महामारीले देश लकडाउनमा छ । चैत ११ गतेदेखि सुरु भएको लकडाउन आज २७ औं दिन भएकाे छ ।
विद्यालयले दैनिक एक–एक पाना नेपाली र अंग्रेजी हस्तलेखन गर्ने, दैनिकी एउटा चित्र बनाउने, दैनिक शब्दकोषबाट २० वटा शब्दहरू साभार गर्ने, प्रत्येक दिन बेलुका दैनिकी (Daily Dairy) लगायत अन्य क्रियाकलाप मैले विद्यालय बन्द भएदेखि नियमित गर्दै आएको थिएँ तर दैनिकी लेख्ने बारेमा मलाई कुनै ज्ञान थिएन् ।
बाबालाई सोधें, बाबाले सिकाइदिनु भयो । ल्यापटपमा केहि भिडियोहरू पनि देखाइदिनु भयो । केही भिडियो हेरे र केही लेखहरू पढेँ । दैनिकी लेखन भनेको के हो ? र कसरी लेखन गर्नेबारे सिकेँ । दैनिकी भनेको व्यक्तिको जीवनमा घटेका घटनाहरू सिलसिलाबद्ध तरिकाले लेख्ने प्रक्रिया रहेछ । दैनिकीलाई भरोसा योग्य अनि साहानुभूतिशील साथीको रूपमा लिन सकिने रहेछ । लेखिका क्रिष्टीना बाल्डविनका अनुसार दैनिकीले हामीलाई “हाम्रो जीवनका क्षणहरू समेटेर व्यक्तिगत यात्राको अभिलेख राख्न मद्दत गर्छ” तस्बिरहरूले भरिएको एल्बममा हाम्रो जीवनमा घटेका घटनाहरूको ऐतिहासिक दृश्यहरू रेकर्ड गरेर राखेजस्तै दैनिकीले जीवनका घटनाहरूको लिखित “चित्रहरू” रेकर्ड गर्ने उनि बताउँछिन । त्यसैगरी लेखक ट्रिस्टीन रेनरले यसलाई “कुनै रोकटोकविना तपाईंको भावना व्यक्त गर्ने व्यावहारिक मनोवैज्ञानिक साधन हो” भनेर उल्लेख गरेकी छिन ।
दैनिकीले हामीलाई हाम्रो जीवनमा असर गर्ने घटनाहरू पुनः स्मरण गर्ने मौका दिन्छ । पछि ती कुराहरू पढ्दा त्यसले हामीलाई कल्पनामा फेरि ती मूल्यवान क्षणहरूमा फर्केर त्यस्तै भावनाहरूमा रमाउन मद्दत गर्छ । आफंैलाई राम्ररी चिन्न मद्दत गर्नु दैनिकीको सबैभन्दा ठूला फाइदाहरू मध्ये एक हो ।

दैनिकी लेख्ने सुरुवात १७ औं शताब्दी पछि इग्लिशमान समुएल पिप्सले आफ्नो दैनिक क्रियाकलापको अभिलेख राख्न थालेपछि हरेक दिनका व्यक्तिगत घटनाहरुको अभिलेख गर्ने दैनिकीको आविष्कार भएको रहेछ । पीप्सको दैनिकीले अंग्रेज सम्राट चाल्र्स द्वितीयको शासनकालमा जीवन कस्तो थियो भन्ने अन्तरदृष्टिपूर्ण अभिलेखहरू प्रस्तुत गरेको छ । त्यतिबेलादेखि दैनिकी लेख्ने चलनको सुरुवात भएको रहेछ ।
सबै काम सकेर केहि बेर टिभी हेरि बेलुका १०ः०० बजे सुते ।
८ बैशाख २०७७ सोमवार
आज म उठ्दा ७ बजेको रहेछ । म उठ्दा घरमा म र भाइ मात्र थियौ । हात मुख धोएर एक गिलास तातो पानी खाएँ । एकछिन पछि ममी आउनु भयो । पसलमा दूध र दही लिन जानुभएको रहेछ । ममीले चिया र खाजा दिनुभयो । चिया खाजा खाएर मैले एउटा चित्र बनाएँ । चित्रमा मैले सोलार सिष्टम बनाएँ । १० बजे बाबा आउनुभयो र खाना खायौ ।
खाना खाएपछि मैले टिभी हेरें । ३ः०० बजे तिर ममीले खाजा खाजा दिनुभयो । खाजा खाएँ त्यसपछि मैले ७ः०० बजे सम्म पढे् लेखें । अनि मैले टिभी हेरें । ८ बजे तिर ममीले खाना दिनुभयो । खाना खाएर भाइसँग खेलें र ९ः०० बजे सुतें ।
१० वैशाख २०७७ बुधबार

स्कूल विदा भएको पनि १ महिना कटिसकेछ । चैत ६ गतेदेखि विदा भएको स्कुल अझै केहि दिन खुल्ने देखिदैन । स्कूल नगएकोले घरमै लेख्ने पढने गरिएको छ । भाइले र मैले दैनिक ४ घण्टा लेख्ने पढ्ने गरेका छौं । बिहान दुई घण्टा स्कूलले पठाएको गृहकार्य गर्छु भने बेलुका ४ देखि ६ बजे सम्म दुई घण्टा बाबाले पढाउनु हुन्छ उहाँले दैनिक एउटा नयाँ कुरा सिकाउने गर्नुभएको छ । आज खर्चको मितव्ययीताको बारेमा सिकाउनु भयो ।
उहाँका दुईवटा सुझाब छन् ः—
१. फजुल खर्च नगर ।
२. लोभि पनि नबन ।
बाबाको सुझाव छ ‘‘हामीले जीवनमा जिउनका लागि आबश्यक बाहेक अरु खर्च गर्न हुदैन । बचत गर्नु पर्छ । आम्दानी बढाउने सबैभन्दा राम्रो र आधारभूत तरिका नै वचत गर्नु हो ।
बाबाले भन्नुभयो— ‘‘म एक पैसा फजूल खर्च गर्दिन र मलाई आवश्यक नभएसम्म कुनै पनि कुरा किन्दिन ।’’ उहाँ भन्नुहुन्छ– “आवश्यक परेको अवस्थामा कन्जुस्याइ गर्नु पनि हुँदैन फजूल खर्च नगर्नु भनेको लोभि हुनु भन्न खोजेको नभई आवश्यक खर्च मात्र गर्नु भनेको हो ।

तुशान खतिवडा

कक्षा ७
पिक प्वाईन्ट एकेडेमी
चुनिखेल, काठमाडाैं
(अादरणीय पाठहरू, यो दैनिकी क्रमशः प्रकाशित हुँदै जानेछ…)
Top