एक समयको कुरा हो । कुनै जङ्गलमा बस्ने करालेश्वर नामक सिंह र जङ्गली हात्तीको बीचमा घमासान युद्ध भयो । हात्तीको प्रहारबाट सिंह नराम्रोसँग घाइते भयो, हिंडडुल गर्न पनि नसक्ने भयो । आफ्नो मालिक सिंह शिकार गर्न असमर्थ भएको हुनाले सिंहको सेवक घुसरक नाम गरेको स्याल पनि भोकभोकै भयो ।
धेरै दिनसम्म केही खान नपाएकोले आकुल–व्याकुल भएको सिंहले कुनै पशुलाई मारेर ल्याउन आफ्नो सेवक स्याललाई अह्रायो ।जनावरको खोजीमा निस्किएको स्याल एउटा गाउँमा पुग्यो जहाँ एउटा गधा घाँसमा चरिरहेको थियो ।गधाको नजिकै गई हात जोड्दै स्यालले भन्यो, “हे मामा ! धेरै दिनपछि हाम्रो भेट भयो, के छ हालखबर, किन यति साह्रो दुब्लाउनु भएको ?”
दिक्क मान्दै गधाले भन्यो, “हेर न भाञ्जा, मेरो मालिक धोबी अत्यन्त कठोर स्वभावको छ, पेटभरि खान पनि दिदैन, त्यसैले यस्तो धूलैधूलो भएको घाँस खाँदैछु ।”
पर नदीको किनारमा हरियो घाँस भएको ठूलो मैदान छ, तपाईं मसँग उतै गएर आनन्दसँग बस्नुस्, हुँदैन मामा ? स्यालको यस्तो कपटी कुरा गधाले लाचारी प्रकट ग-यो, “म गाउँका गधा उतै जङ्गली जनावरहरूको बीचमा गएर कसरी गुजारा चलाउन सक्छु ?”
“कहाँ मामा, त्यो ठाउँ त साह्रै सुरक्षित छ । तीनवटी गधिनीहरू पनि धोबीको अत्याचारबाट दिक्क भएर त्यहाँ गई बसेका छन् , उनीहरूका पति पनि छैनन्, तपाईं उनीहरूको पति–योग्य पनि हुनुहुन्छ, उहीं गएर आनन्दसँग बसे हुँदैन ?” स्यालले ललाई फकाई गर्न थाल्यो ।
बुद्धु गधालाई लिएर स्याल सिंह नजिक पुगेको मात्र के थियो लुकेर बसेको सिंहले आफ्ना पञ्जाले एकैपटक गधाको पछाडिबाट प्रहार ग-यो तर गधाले थाहा पाई हाल्यो र सकुशल पछाडिबाट प्रहार ठोक्यो । आफूले ठूलो मिहिनेतले ल्याएको गधालाई मार्न नसकेकोमा रिसाएको धुर्त स्यालले सिंहलाई भन्यो, “एउटा गधालाई त मार्न सक्दैनौ भने हात्तीसँग के युद्ध गर्न सक्थ्यौ, तिमी त कातर रहेछौ ।”
स्यालको कुरा सुनेर सिंहले भन्यो, “कहाँ, म त तैयार नै भएको थिइन तिमी आइहाल्यौ । अब यस्तो हुनेछैन ।”
ल हुन्छ, तैयार भएर बस, म फेरि गधा लिएर आउँछु भनी स्याल फेरि गधा समक्ष गयो । गधाले
स्याललाई देख्ने बित्तिकै भन्यो, “तिमीले त्यस्तो कुन जनावरकहाँ लगेको, झण्डै मारेको, मुस्किलले बँचेर आएँ ।”
कुटिल हाँसो हाँस्दै स्यालले भन्यो, “अरे मामा, तिमीले उसलाई चिन्न नै सकेनौ, ऊ त धिनी थिई, प्रेमपूर्वक तिम्रो स्वागत गर्न भनि हात बढाएकी मात्र थिई तिमी त कुलेलाम ठोक्यौ । विचरी गधिनी तिमीलाई देख्ने बित्तिकै प्रेमले भुतुक्क भएकी छ, तिम्रो वियोगमा खानापिना पनि छोडेकी छ, तिमीसँग बिहे गर्छु भन्छे, तिमी गएनौ भने त बिचरी मर्छे ।”
स्यालका मीठा–मीठा कुराको पासोमा फँसेर गधा दोस्रो पटक पनि स्यालसँग गयो ।
माइक्रोवेभ ओभनभित्र धातुका भाँडा किन राखिँदैन ?
माइक्रो वेभ ओभनमा म्याग्नेट्रोन नामक उपकरण हुन्छ । जसले माइक्रो वेभमा एकप्रकारको विद्युत् चुम्बकीय तरङ्गहरु उत्पादन गर्छ । यी तरङ्गको फ्रिक्वेन्सी २.४५ गिर्गाहर्ज हुन्छ । जुन प्रतिसेकेण्ड २.४५ अर्ब पटक तरङ्गित हुन्छ । जब यी तरङ्ग धातुसँग सम्पर्कमा आउँछन् तब यिनले धातुमा रहेका इलेक्ट्रोनलाई उत्तेजित तुल्याउँछन् ।
यसरी उत्तेजित इलेक्ट्रोन पहिलेकै स्थितिमा आउँदा नयाँ माइत्राmेवेभ तरङ्ग उत्पादन हुन्छन् । यो भनेको माइक्रोवेभ तरङ्ग धातुमा परावर्तित भएजस्तै हो । यसले भाँडाभित्रको आवश्यक मात्रामा तताउन अवरोध खडा गरिदिन्छ । यही कारणले नै माइक्रोवेभ ओभनमा धातुको भाँडा प्रयोग गरिनु हुन्न भनिएको हो ।
देवीप्रसाद वनवासी