बालसिर्जना संवाददाता १ असोज २०७६, बुधवार

Sketch
 

एउटा गाउँमा एउटा केटो बस्थ्यो । ऊ ज्यादै सङ्घर्ष गथ्र्यो तर उसका हात गोडा केही पनि चैल्दैनथ्यो । जति दुःख पोखे पनि उसलाई सुनिदिने कोही थिएन । उसको आसु थापिदिने कोही थिएन । अरु त बस उसलाई निर्दयी श्रापित मानिस भनी जिस्काउँथे बिचराले गरोस् पनि के ? उसका लागि लडिरहने कोही थिएन । उसको आफ्नो परिवार पनि थिएन । ऊ आफ्ना फूपू फुपाजुसँग बस्थ्यो ।

बिचराले तिनिहरूसँग के मागोस् र उसलाई सबैले यति धेरै हेला गर्थे कि मानौं ऊ त जनावर नै थियो । उसको जीवन पशु सरह थियो । उसको जीवनमा यति फरक थियो कि ऊ पशु जस्तो भएर पनि भात खान्थ्यो । उसको गाउँमा छुवाछुतको भावना थियो ।

त्यसैले उसलाई यस्तो काहालिलाग्दो जीवन बिताउनुभयो । सुन्नेलाई त यो कथा जस्तो लाग्ला तर यो त सत्य जीवन कथा नै हो । ऊसँग केही पनि थिएन । बस एउटा अल्झिएको सास मात्र थियो मेरो भने पनि मर्न सकेन बाचौ भने पनि बाँच्न सकेन । उसको जीवनमान त खुशी न त माया नै । यति दुःखसँग भएपनि ऊ अघि स-यो ।

त्यसका लागि कति हेला पिटाइ खायो कुन्नि त्यही पनि सङ्घर्ष गर्ने मान्छेको हार हुदैन भन्दै ऊ अगाडि बढ्यो । यति मिहिनेत गर्दागर्दै पनि उसले कति पटक हार खायो तर पछि सरेन । उसको एउटा एक्लो साथी थियो प्रकृति । ऊ प्रकृतिसँगै रमाउथ्यो । ऊ यति धेरै सङ्घर्ष ग-यो र आफ्ना खुट्टाका औलाहरू चाल्ने प्रयास ग-यो । कति दुःख कष्ट आए । एक महिनाका लागि त उसलाई अस्पतालमा भर्ना गरिदियो । उसका फुपु फूपाजूले पनि कति सहुन् । आफ्नै आमा बुबा त थिएनन् ।

त्यसैले नै होला माया पाउन सकेन तर पनि सङ्घर्ष गर्दै जाँदा उसको खुट्टा अलिअलि चल्न थाल्यो । फुपुलाई भने धेरै रिस उठ्यो र उनले उसलाई काठा भित्र बन्द गरिदिइन् त्यहाँ पनि उसले एउटा कागजको टुक्रो फेला पा-यो । पछि सबै ठाउँ खोज्दा कलम पनि भेट्टायो र त्यही उसको साहित्यको सुरुवात भयो । उसले धेरै कविता लेख्यो । ऊ त्यही विधाबाट अगाडि स-यो । उसले लेखेका कविता घरमा राख्यो र घरमा पाउना आउँदा उसलाई त्यो कविता प्रकाशित गर्न अनुरोध ग-यो । धेरै जिघी गरेपछि त्यो मानिसले कविता पत्रिकामा प्रकाशित गरिदियो ।

यसरी सबैले अब उसलाई साथ दिन थाले प्रकाशित हुने दिन उसका फूपु फुपाजूले धेरै पिटेका थिए । शरीरमा विभिन्न घाउ पनि देखिए । त्यही पनि संघर्ष गर्दै जाँदा ऊ विश्वभर प्रसिद्ध भयो । यहाँसम्म उनका लागि उसलाई सजिलो भएन । कापी कलम नभएको बेला उसलाई कति पटक धुलोमा सिन्काले लेख्नु प-यो ।

कतिपटक सिन्का तर कसले सुनिदिनु उसलाई त्यही छट्पटायो रोयो करायो र यसरीनै जिन्दगी बित्दै रहेछ भनी उसले थाहा पायो । त्यसपछि जति गाह्रो भए पनि अघि बढ्यो । उसले जीवनलाई सबैभन्दा अमूल्य चिज भनि अर्थ दिएको थियो । तर उसलाई थाहा थिएन कि त्यस जीवनमा उसको जीवन छ कि छैन । ऊ यति गाह्रो जिन्दगी पाउँदा पनि अगाडी बढ्यो । उसलाई थाहा थियो कलि युगमा पनि भगवान् हुन्छन् भनेर । नदी जस्तै बगिरह्यो उसको जिन्दगी ।

सुरुमा त उसको जीवन काँडै काँडाले भरिएको जस्तो लाग्थ्यो उसलाई तर पछि गएर उसले थाहा पायो फूल पनि काडाँमै घोचिदै गर्दा ठूलो भएपछि सुन्दर हुन्छ र सबै माझ वास्ना छर्न थाल्छ । यही भन्दै ऊ जीवनमा अघि बढ्यो । उसले सोच्यो हेलेन किल्लर स्टेफेन हकिङले पनि म जस्तै भएता पनि अगाडि बढे पनि बढ्छु र यस्तो चम्किन्छु कि दुनियाले हेरोस् । म यो कुरा प्रष्ट पार्नेछु कि मानिस जस्तो स्थिति बाट गुज्रेपनि आफ्नो मिहिनेतले ऊ सफल बन्छ ।

कोहीले उसलाई जीवन के हो भनी सोध्यो भने उसले भन्छ जीवन भनेको मेरो लागि एउटा अमूल्य फूल हो जहाँ जति काँडा पलाएपनि आफ्नो वास्ना छरेरै छाड्छ र अहिले ऊ आफ्नो सङ्घर्षले गर्दा सबै माझ प्रसिद्ध भएको छ । पहिले हेला गर्ने मानिस अहिले उसलाई ज्यू भनि बोलाउँछन् । तयसैले हामीले पनि ऊ जस्तै सङ्घर्ष गर्नु पर्छ ।
नाम : सुप्रिया रिजाल
कक्षाः ७ क

Top