सहप्रा. माधवप्रसाद लम्साल, बालसिर्जना संवाददाता २४ भदौ २०७७, बुधवार
कथाकार परिचय
जन्म ः वि. सं. १९५८ साल पुष १८ गते
जन्मस्थान ः ज्ञानेश्वर, काठमाडौं ।
शिक्षा ः आई. ए. सम्म।
लेखन ः कथा, एकाङ्की, कोश, व्याकरण तथा अनुवाद ।
संलग्नता ः विभिन्न संघसंस्थामा संलग्नता ।
प्रकाशित साहित्यिककृति ः ‘पुष्करशमशेरका कथाहरू’ (२०४४) ।
मृत्यु ः वि. सं. २०१८वैशाख १० गते,काठमाडौं ।
परिबन्द कथाको विश्लेषण
कथाविधाको परिचय
कथा साहित्यविधाकै सर्वप्राचीन विधा हो । साहित्यका गद्य र पद्य दुई विधाअन्तर्गत कथा गद्यविधामा पर्ने सबैभन्दा लोकप्रिय विधा हो । कथाले जीवनको अत्यन्त महत्त्वपूर्ण पाटोलाई अति संक्षिप्त रुपमा अभिव्यक्त गर्दछ र साथै यसले सामाजिक, सांस्कृतिक, राजनीतिक अनेक पक्षलाई परोक्ष वा अपरोक्ष ढंगले समेत प्रस्तुत गर्दछ ।
परापूर्वकालमा कथा व्यावहारिक ज्ञानलाई बढाउँदै नैतिकताको शिक्षा दिने र सामाजिक सुरुचिका महत्त्वपूर्ण पक्षहरूलाई उजागर गर्दै सांस्कृतिक परम्परालाई निरन्तरता दिने माध्यमका रुपमा प्रयोग हुन्थ्यो । यसका अतिरिक्त योे विधा मनोरञ्जन प्रदान गर्दै तत्कालीन परिवेशको परिचायकका रुपमा पनि उभिएको थियो । परापूर्वकालमा कथा भनेर नै आप्mनो आजीविका चलाउने व्यक्तिहरू पनि हुन्थे । यसरी पूर्वीय परम्परामा कथाको मीयो वेद सम्म नै पुगेको छ । तर ईसापूर्व पहिलो शताब्दी देखि चौथो शताब्दीका बीचमा मानिएको पञ्चतन्त्र संसारकै सर्वश्रेष्ठ र सर्वप्राचीन कथाप्रबन्ध हो । यसै परम्परामा पश्चिममा पनि यो विधा यहूदी ग्रन्थ ओल्डटेस्टामेन्टमा कथाका केही छनक देख्न पाइन्छन् । होमरका इलियड र ओडिसी यी दुई वटा ग्रन्थले पनि कथाको पश्चिमी परम्परालाई सुदीर्घकालसम्म पुर्याएको पाइन्छ । तर वर्तमान समयमा यो विधा नितान्त नौलो प्रकृति लिएर पश्चिममा भित्रियो र यसले आपूmलाई नौलो विधाका रुपमा उभ्यायो । वर्तमानमा यो विधा सबै भन्दा लोकप्रिय विधा हो भने नेपाली साहित्यका क्षेत्रमा पनि यसको व्यापकता बढेको छ ।
नेपाली सन्दर्भमा भन्दा शक्तिवल्लभ अर्यालको हास्यकदम्ब यस विधाको प्रथम सोपान हो । यसै गरी सुन्दरानन्द बाँडाको त्रिरत्नसौन्दर्य गाथा पनि नेपाली कथापरम्पराको एउटा इतिहास हो । यसपछि नेपालमा जब छापाखाना स्थापित भयो अनि अनूदित कथाका साथै केही मौलिक मनोरञ्जक कथाको सूत्रपात हुँदै गयो । तर नेपाली कथाविधामा मौलिक र सशक्त मोड ल्याउनमा १९९१ मा प्रकाशित शारदा पत्रिकाको ठूलो भूमिका रह्यो । यसै मेसोमा कथाकार पुष्कर शमशेर राणाका कथाहरू पनि पर्न थाले र त्यसैको परिणतिका रुपमा उनको परिबन्द कथा रह्यो ।
कथाकार पुष्कर शमशेर राणाको परिचय
नेपालमा त्यतिखेर शिक्षाको पहुँच सर्वसाधारणमा थिएन । तर कथाकार राणा उच्चवर्गका व्यक्तित्व हुनाले उनलाई शिक्षा आर्जन गर्न कुनै पनि कठिनाई भएन । यसरी सम्पूर्ण सुविधा पाएता पनि उनले आई.ए.सम्मको मात्र अध्ययन गर्न पाए । पठनपाठनमा उनी अत्यन्त मेधावी विद्यार्थी थिए । तर स्वास्थ्यका कारणले उनले पढाइलाई निरन्तरता दिन सकेनन् । तर उनमा साहित्यिक व्यक्तित्वले जरा गाडिसकेको हुनाले उनको अध्यवसायमा कमी आएन । फलतः उनले साहित्य तथा व्याकरण, कोश आदि अनेक विधामा कलम चलाए । उनको प्रतिभाको एउटा नमूना थियो ः उनले अक्सफोर्ड डिक्सनरीमा अनेकौं अशुद्धि पहिल्याएका थिए । फलस्वरुप उनलाई सम्बन्धित निकायले प्रशंसापत्र पनि पठाएको थियो । कथाकार राणाले आधुनिक नेपाली भाषाको जग बसाउन ठूलो मिहिनेत गरे । यसैको परिणाम स्वरुप उनकै नेतृत्वमा १९९१ मा नेपाली भाषा प्रकाशिनी समितिले दुई पैसे कृति तयार गर्यो जसको नाम हो ः नेकशुले अर्थात् नेपाली कसरी शुद्ध लेख्ने ।
कथाकार राणालाई कथाकारका रुपमा भन्दा पनि व्याकरण र कोशकारका रुपमा बढी चिनिन्छ । यसका पछाडिको कारण हो उनले साहित्यमा निकै न्यून कलम चलाउनू । तर जेजति कलम चलाए नेपाली कथाविधामा उनी अमर भए । यसरी हेर्दा कथाकार पुष्कर शमशेर राणा नेपाली साहित्यक्षेत्रका मूर्धन्य व्यक्तित्व हुन् । उनको साहित्यमा प्रकाशित एउटै मात्र रचना छ त्यो हो ः पुष्कर शमशेरका कथाहरू । संख्यात्मक रुपले साहित्यका क्षेत्रमा एउटा मात्र कृति प्रकाशित भए पनि उनको लेखनीको जुन गहिरोपन छ त्यो आउँदो साहित्यिक पुस्तालाई एउटा मार्गदर्शनका रुपमा नै रहेको छ । एसरी हेर्दा उनी थोरै लेखेर पनि नेपाली साहित्यको क्षेत्रमा अग्रणी व्यक्तित्वका रुपमा चिनिने एक वरिष्ठ कथाकार हुन् ।
पुष्कर शमशेर राणाको कथाकारिता
पुष्कर शमशेर राणा थोरै कथा लेखेर पनि वरिष्ठ कथाकारका रूपमा उभिने सामाजिक कथाकार हुन् । यिनका कथाहरूमा मनोविज्ञानले पनि स्पर्श गरेको छ । कथाकार राणा उद्देश्यमूलक कथा लेख्ने कथाकार हुन् । उनका कथाहरू घटनाप्रधान छन् । आप्mना कथाका माध्यमले कतिपय वैचारिक धरातलका यथार्थलाई पात्रका माध्यमले अभिव्यक्त गर्ने खूबी यिनमा पाइन्छ । अत्यन्त सहज ढंगले विषयवस्तुलाई पाठक समक्ष प्रस्तुत गर्दछन् यिनी । पाठकलाई उनका कथाहरू पढ्दा आपूm स्वयं घटनाका वरिपरि भएको महसूस गराउने खूबी उनका कथाहरूमा पाइन्छ । कथाकारका रुपमा यिनले आफ्ना कथाहरूमा घरेलु वातावरणको चित्रण गरेका छन् । यिनी पहिले कथानक उपस्थित गराएर त्यसैको सेरोफेरोमा तार्किक पाराले घटनाको विश्लेषण गर्दछन् । त्यसैले यिनले नेपाली कथालाई बेग्लै स्वरूप र व्यक्तित्व दिएका छन् । यिनी मूलतः घटनाप्रधान कथाकार भएकाले यिनका कथामा चरित्रचित्रणको सूक्ष्मता पाइन्छ । यिनले परिस्थितिमा अल्झेर विवश भएका पात्रहरूको मार्मिक व्यथा पोख्दछन् । नेपालीपन पाइनु यिनका कथाको विशेषता नै हो । यिनले मानवीय पीडा तथा तिनका अप्ठ्यारा परिस्थितिलाई कलात्मकपाराले आप्mना कथामा चित्रण गरेका छन् । यिनले सम्भ्रान्त वर्गको उच्चता, निम्न वर्गको विवशता, नेपाली समाजमा जरा गाडेको अशिक्षा, अन्याय, अत्याचार, भवितव्य आदि सामाजिक समस्यालाई आफ्ना कथामा व्यवस्थित ढङ्गले चित्रण गरेका छन् ।
पुष्कर शमशेर राणा सरल संरचनामा आबद्ध भएका कथालेख्ने सर्जक हुन् । यिनले तार्किक भाषाशैलीमा कथा लेखेका छन् । यिनले बाह्य–आन्तरिक दुवै प्रकारको द्वन्द्व सृजना गरेका छन् । सहज, स्वाभाविक भाषामा यथावश्यक उखानको प्रयोगले यिनका कथा मार्मिक देखिन्छन् । यिनी सर्वज्ञ दृष्टिविन्दु अँगाल्ने कथाकार हुन् । यिनले लेखकीय हस्तक्षेप गरेर कथामा टिप्पणी, मन्तव्य र व्याख्या पनि गरेको पाइन्छ । नेपाली कथा साहित्यमा समस्यामूलक सामाजिक कथाकारका रूपमा यिनको स्थान सुरक्षित रहेको
छ । यिनले आप्mना कथाका माध्यमले तत्कालीन समाजका कुरीति र अनेक विवशतालाई व्यंग्यात्मक ढाँचामा प्रस्तुत गरेका छन् । सहज र सरस शैलीमा कथालाई छोटा छोटा वाक्यमार्फत गुम्फन गर्ने खूबी कथाकार राणाको कथात्मक विशेषता नै हो । लोग्ने, स्वार्थत्याग, परिबन्द जस्ता सबै जसो कथामा तत्कालीन सामाजिक रीति र कुरीतिको बेजोड ढंगले पर्दाफास गरेका छन् भने तत्कालीन न्यायप्रणाली तथा कानूनी प्रपञ्चको वास्तविकतालाई स्वाभाविक रुपले पस्केका छन् ।
‘परिबन्द’ कथाको समीक्षा
कथानक÷कथावस्तु
परिबन्द कथा ‘पुष्करशम्शेरका कथाहरू’ (२०४४) नामक कथा सङ्ग्रहमा सङ्कलित एक कथा हो । यस कथाले कसरी निर्दोष व्यक्ति पनि परिबन्दमा परेर फस्न सक्दो रहेछ भन्ने कुरालाई तार्किक रुपले प्रतिपादन गरी प्रस्तुत गरेको छ । यस कथामा मानवको कौतूहलले पनि उसलाई फन्दामा पार्दो रहेछ भन्ने कुराको सामाजिक विवशतालाई मनोवैज्ञानिक रूपमा चिरफार गरिएको छ । नेपालीमा एउटा उखान छ ः हतपते मोराको लतपते काम, भने जस्तै रनेले भवितव्यतिरको परिस्थितिलाई आँकलन गर्न नसक्नु नै यस कथाको मूल पक्ष हो ।
परिबन्द कथा रने र उसकीश्रीमती सेती, लाहुरे तथा विचारी पद्मनिधि लामिछाने नामक पात्रका बीचमा घुमेको एक कथा हो । अन्य सहपात्रहरू हुन् ः भोजराज बाजे, द्वारे, लालबहादुर, कालचा नेवार आदि । परिबन्द कथा रने अर्थात् रनबहादुर गुरुङ र लाहुरेसँगको सानो वादविवादले निम्त्याएको परिस्थितिसँग जोडिएको कथा हो । इष्टमित्रकहाँबाट खाना खाईवरी फर्केपछि सुत्ने वेलामा पल्लो कोठाबाट आएको आवाजले कथालाई एउटा परिबन्दतिर डोर्याउन खोजेको छ । मानवीय प्रवृत्ति नै भनूँ रनेले पल्लोघरको आवाजतिर ध्यानै नदिएको भए शायद कथाले बताउन खोजेको विवशता अघि बढ्दैनथ्यो । तर मानवीय मनोविज्ञानले घटनातिर उन्मुख हुने मानवीय प्रवृत्ति सहज उत्पादक गुण हो । त्यसैको सेरोफेरोमा कथाले सहज मोड लिएको छ । यसै मनोवैज्ञानिक यथार्थको फेरो समाउँदै रने लाहुरे भएको कोठामा पुग्यो ।दुर्भाग्यवश त्यस कोठामा रनेले लाहुरेको बेहोशीयुक्त शरीर देख्यो । रनेले पानी पिलायो । लाहुरेको प्राणपखेरु त्यसै पानीको सहायताले सजिलै उड्यो ।त्यसपूर्व रने र लाहुरेका बीचमा सेतीकै विषयलाई लिएर हात हालाहाल भएका कारणले रनेको र लाहुरेको झगडा नै परिबन्दको मूल कारण हो । अनि राती लाहुरेलाई कसैले मारिदिनु, रनेले उत्सुकतावश उसको कोठामा चियाउन पुग्नु, अनि मनमा द्वारेलाई घटना विवरण सुनाउन जान खोज्नु, तर हत्यारा आफैं परिएला कि भन्ने डरले भाग्न खोज्नु नै कथामा सिर्जित परिबन्दको बेजोड नमूना हो । र, अन्ततः परिबन्दले निम्त्याएको परिणाम चाहिँ रनेको जेलगमन र घाँटीमा झुण्डिएको फाँसीको फन्दाको कल्पनामा कथा समाप्त भएको छ । यही नै यस कथाको विषयवस्तु हो ।
परिबन्द कथारने र रनेकीश्रीमती सेतीको मानसिक तनावलाई स्वाभाविक ढंगले प्रस्तुत गरिएको कथा हो । मानवलाई जस्ता पनि समस्या आउन सक्छन् र कहीं कतै बुद्धि पुर्याइएन भने ठूलो विपत्तिमा पनि पर्ने सम्भावना रहन्छ भन्ने सन्देश कथाले दिएको छ । यो कथा सामाजिक विषयवस्तुलाई अँगालिएको समस्याप्रधान कथा हो । यस कथालाई घटनाप्रधान कथा पनि भन्न सकिन्छ । यो कथा विवशतामा फसेको मान्छे र उसको परिवारमा आइपर्ने मानसिक तनावलाई अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरिएको कथा हो । झीनो कथानकको बुनोट गरिएको भए पनि यो सरल कथानक भएको कथा हो ।
पात्र (चरित्रचित्रण)
यस कथाका मूल पात्रहरू विशुद्ध नेपाली गाउँले परिवेशमा भिजेका पात्रहरू हुन् । यस कथामा पात्रहरू अत्यन्त न्यून छन् । अत्यन्त सूक्ष्म कथावस्तुमा पिरोइएको यस कथाका पात्रहरू पनि विविध प्रकृति र प्रवृत्तिका छन् । यी मध्ये यहाँ प्रमुख भूमिका खेल्ने पात्रको चरित्रको चित्रण तल गरिने छ ।
रने ः
यस कथाको प्रमुख पुरुष पात्र रनेको पूरा नाम रनबहादुर गुरुङ
हो । बाइसवर्षे पट्ठो सुन्दर व्यक्तित्वको धनी रनेमा एउटा नवजात युवामा हुनुपर्ने सबै गुणहरू छन् ।जोश, रीस र छटपटे स्वभाव उसका स्वभावज गुण हुन् । नेपाली युवाको एक प्रतीकका रुपमा रने उभिएको छ । तर उसको परिवेश चाहिँ गाउँले परिवेश नै हो । श्रीमती प्रति अधिकार जमाउने पुरुषप्रधान पात्रका रुपमा उसको भूमिकालाई कथाकारले सहज ढंगले प्रस्तुत गरेका छन् । युवासुलभ गुण र युवासुलभ चञ्चलता उसका परिचायक हुन् । अझ यसो भनूँ ः ऊ नेपाली युवाहरूको प्रतिनिधि पात्र पनि हो । कुनै पनि घटनालाई सहज ढंगले नलिने र त्यसको परिणाम के हुन्छ भनेर नसोच्ने नेपाली युवाको प्रतीकका रुपमा ऊ उभिएको छ ।
लाहुरेसँगको विवादको मूल कारण उसैकी श्रीमती सेती हो । सेती माथि आँखा गाड्न खोजेको आभास हुनासाथ रने र लाहुरेका बीचमा पाखुरा सुर्कासुर्की पनि भएको कुराको छनक रने र सेतीका बीचमा भएको निम्न पंक्तिका छलफलले दिन्छन् ः
आप्mनो घरको छिमेकमै बस्ने लाहुरे सुतेको ठाउँबाट आइरहेको अस्वाभाविक आवाजका कारणले रनेमा हेर्न जाने कौतूहल पलायो र उसले भन्यो ः लाहुरे मोराले के बिदङ्स गर्न थाल्यो, ऊ ।
सेतीलाई रनेको स्वभाव थाहा थियो । उसले रनेलाई त्यहाँ नजानु भन्ने भावमा निम्न पंक्ति बोली ः
अघि जुधेर पुगेन ! फेरिजुध्न मन लाग्यो ? भैगो नजाऊ !
यी पंक्ति नै रनेका आनीबानीलाई स्पष्ट गर्ने पंक्ति हुन् । रने तुलनात्मक रुपमा अलि लजालु स्वभावको पनि छ । यस हिसाबले रने र सेतीका बीचमा भएको प्रेमसम्बन्धमा रनेको अग्रसरताभन्दा सेतीकै अग्रसरता देखिन्छ । तर रनेमा आप्mनी प्रेमिका प्रति जुन प्रेम र सद्भाव थियो त्यसलाई रनेका निम्न पंक्तिहरूले स्पष्ट पार्छन् ः
जान्दे, क्षितिजतिर हेरी, सिक्रीको डोरा हातमा बेर्दै फुकाउँदै रनेले भन्यो, ‘जन्मेपछि एक दिन मर्नुपर्छ, ढिलो चाँडो मात्र न हो । अब दर्घामा बुझाउँला, परिबन्द भन्दो रैछ, परिबन्द क्या हो क्या हो !’ फेरि स्वास्नीतिर फर्केर भन्यो, ‘मो यस्तो भैहाल्यो । राम, तोंलाई जहाँ बसेर ।….सुक्ख हुन्छ बसेर खाई जिउ गर ।’ रने एकदुई कदम अघि बढ्यो, फेरि अडी सेतीतिर फर्केर हँसिलो मुख लगाई भन्यो, ‘मलाई एउटा कुराको सन्तोक भो । रेजिमेन्टले मैले मारेको ठाने पनि तेरो मनमा त म चोखै छु, हगि ?’
सेतीले टाउको हल्लाई ।
त्यति भए मलाई पुग्यो ।
यी पंक्तिहरू रनेको सेतीप्रति देखिएको प्रेम र सद्भावका ज्वलन्त उदाहरण हुन् ।
सेती ः
गोरी, पातली, टामटुम्म परेकी, फरासिली र सिंगारपटार मन पराउने १६—१७ वर्षे युवती हो सेती । सामान्यतः नेपाली समाजका नारीजातिको प्रतिनिधित्व गर्ने पात्रका रुपमा सेती उभिन खोजे पनि प्रेमप्रदर्शनका सन्दर्भमा भने आधुनिक युवतीको झल्को आउने पात्रका रुपमा छ सेती । जब रनेलाई पुलिसले पक्डेर लिएर गयो त्यसै वेला सेतीले आप्mनो र रनेका बीचमा विगतमा भएको प्रेमप्रसंगलाई यसरी सम्झिई ः
रनेको परिवारलाई हैजाले सखाप पारेको उसले चाल पाई । अनि झन् झन् ऊ रनेको नजीक हुन खोजी ।
रनेलाई कथाकारले अलि लजालु स्वभावको बनाएका छन् भने सेती चाहिँ आफैं अग्रसर हुने आधुनिक युवतीको प्रतिनिधित्व गर्ने पात्रका रुपमा उभिएकी छ । यसरी हेर्दा तत्कालीन समाजको नारी समाजको प्रतिनिधि पात्र भन्दा पनि एउटा सामान्य स्त्रीपात्र जसमा आफै सोच्न सक्ने सामथ्र्य भएकी पात्रका रुपमा सेती उभिएको भान हुन्छ । सेतीको नाम पहिल्यै रामवदन थियो । त्यसैले कहिलेकाहीँ रनेले पनि उसलाई राम भनेर बोलाउने गर्दथ्यो । तर सबैजसो उसलाई सेती नै भनेर बोलाउने गर्दथे । रने सँग उसको भेट वानेश्वरमा भएको थियो । रने अलि लजालु स्वभावको हुनाले उसको बोली त्यति फुट्दैनथ्यो । तर सेती भने अलि बढी निडर स्वभावकी थिई । ती दुवैका बीचमा उम्रिएको प्रेमांकुरको बीज सेतीकै कारणले भएको हो । किनभने रने बोल्न धक मान्थ्यो तर सेती भने आफैं अग्रसर हुने अलि ढीट स्वभावकी थिई । उसैको अग्रसरताले गर्दा रने र सेतीका बीचमा प्रेम पलायो र फलतः ती दुवै नजीक भए । सेती विशुद्ध प्रेमले भरिएकी नेपाली गाउँले महिलापात्रकी प्रतिनिधि पात्र हो । उसमा ती सबै वेदनाहरू छन् जुन अरुमा हुन्छन् । एउटा प्रेमिका वा पत्नीमा पति वा प्रेमी प्रति जति सद्भाव र प्रेम हुन्छ ती सबै गुणहरू सेतीमा पनि भरिएका छन् ।
विचारी पद्मनिधि लामिछाने
विचारी पद्मनिधि लामिछाने वकीलको भूमिकामा देखिएको एक पात्र हो । कथामा वर्णन भए अनुसार विचारी वर्तमान अवस्थामा सरकारी वकीलको भूमिकामा रहने एक पात्रको रुपमा रहेको छ । कानूनको दाउपेचको पूर्ण जानकारी भएको पढालेखा एक पात्र हो विचारी । विचारीमा एउटा वकीलमा हुनुपर्ने ती सम्पूर्ण गुण छन् जुन कुनै विवशताको र चक्रव्यूहको ख्याल गर्दैन बरु कानूनी दाउपेचका झीनामसीना छिद्रहरूको समेत उल्लेख गर्छ र विचरा परिबन्दमा परेको रनेको विवशता माथि कुनै दयाभाव देखाउँदैन । बोलीमा मिठास र व्यवहारमा कुटिलता विचारीको स्वाभाविक गुण हो । उसका मुखबाट कथाकारले निम्न पंक्तिहरू बोलाई उसको स्वभावलाई अझ बढी उजागर गरेका छन् ः
….रने बस् बाबु । बडो लायकको राम्रो रहेछस् बाबु तँ त ।
मनासिब भनिस्, तर के गर्छस् । अघिल्लो दिन झगडा हुँदा चाइने तैंले नमारिछोड्दिनँ भनेको सुन्ने साक्षी त्यतिका चाइने छन्। तेरै स्वास्नी, को रे, अँ सेतीले पनि भनेकी छ । तँ चाइने होइन भन्छस् । फेरि… ।
भाषा÷शैली
कथाकार पुष्कर शमशेर राणा आप्mना कथामा तार्किक शैलीको भाषा प्रयोग गर्ने कथाकार हुन् । तर तार्किकता भन्दैमा नीरस तार्किकता भन्दा सहज र सुललित पदावलिको यथोचित समायोजन गर्दै विविध पात्रका माध्यमले तत्कालीन भाषिक स्थितिको सामाजिक संरचनालाई प्रस्तुत गर्ने कथाकार हुन् । घटना एउटा हुनु तर परिस्थितिले अर्कै मोड लिनु यस्तो विषम स्थितिलाई आप्mनो भाषिक क्षमताका आधारमा अविचलित कथालाई डोर्याउने खूबी नै कथाकारको शैलीगत विशेषता हो । यस कथामा नाटकीय पाराका संवाद आयोजना गरिएको छ । तार्किक पाराका यस कथाका संवाद सरस छन्, तर सरसताभित्र गहनताको भाव पाइन्छ । यस कथाको भाषा सरल र सहज किसिमको छ । छोटा वाक्यगठन तथा उपयुक्त उखानटुक्काको प्रयोगले कथा मार्मिक बनेको छ । यो कथा वर्णनात्मक र संवादात्मक शैलीमा लेखिएको छ । काव्यात्मक शैलीमा लेखिएको प्रस्तुत कथामा छोटा–छरिता र सुहाउँदो संवादको प्रयोग गरिएको छ । केही अङ्ग्रेजी भाषाका शब्द प्रयोग गरिए तापनि तत्सम तथा झर्रा नेपाली शब्दको प्रयोग पाइन्छ । तार्किक शैलीमा कथाको बुनोट गरिएको छ । विवशता र परिबन्दमा परेको एउटा परिवारको मानसिक र व्यावहारिक पक्षलाई अत्यन्त सहज पारामा प्रस्तुत गर्न सक्नु नै कथाकार राणाको विशेषता हो ।
उद्देश्य
कथा परिबन्द घटनाप्रधान र समस्यामूलक सामाजिक कथा हो । यस कथामा परम्परागत रूपमा सहज जीवन बाँचिरहेका नेपाली परिवार पनि विवशता र परिबन्दले कसरी फस्दा रहेछन् भन्ने कुरालाई बडो सजीव पाराले वर्णन गरिएको छ । विवशता र परिबन्दको चक्रव्यूहमा परेको पीडित नरनारीहरूको समस्यालाई यस कथामा चित्रण गरिएको छ ।
यसका साथै कानूनी दाउपेचमा फसेर निरीह र निर्दोष प्राणी पनि सजायको भागी हुनुपर्ने जुन विश्वजनीन यथार्थ हो त्यसलाई कथाकारले सहज रुपले प्रस्तुत गरेका छन् । आपूm ताक्छ मूढो, बन्चरो ताक्छ घुँडो भन्ने नेपाली उखानलाई यस कथाले सोद्देश्य वर्णन गरेको छ । सोचे जस्तो नहुने जीवनको वैपरीत्य परिस्थिति देखाउनु पनि यो कथाको उद्देश्य हो । कुनै पनि घटनालाई शान्तिपूर्ण तरीकाले निवारण गर्नुपर्छ भन्ने सन्देश पनि यस कथाको मूल उद्देश्य हो र यही नै यस कथाको मूलसन्देश पनि हो ।
संवाद÷कथोपकथन
संवाद नाटकको अभिन्न अंग हो । तर कथा र उपन्यासमा पनि नाटकीयता हुने हुनाले संवादको दरकार यहाँ पनि पर्छ । यो परिबन्द कथा पनि नाटकीय शैलीमा लेखिएको समस्याप्रधान कथा हो जहाँ संवादका ती सबै बान्कीहरू देख्न पाइन्छन् जुन नाटकमा हुने गर्दछन् । यस कथामा त्रिकोणात्मक संवाद रहेको छ । संवादमा त्रिकोणात्मकता देखिए पनि संवादको शैली भने द्विकोणात्मक नै रहेको छ । अर्थात् रने र सेतीका बीचमा भएको संवाद र रने र विचारीका बीचमा भएको संवाद । वस्तुतः संवाद नै घटनालाई डोर्याउने प्रमुख माध्यम हो । रने र सेतीका बीचको संवादले यसै कुरालाई प्रमाणित गरेको छ । जस्तै ः
हाम्रोतिर त यसलाई ढिकीच्याउँ भन्छ । तपाईंहरूले के भन्नुहुन्छ हँ ?
कुन्नि के भन्छ ।
यल्ले त कपाल चोर्छ रे, हो ?
नजीकैको जुत्ता टिपेर रनेले कीरोलाई मार्न उजायो । उसकी स्वास्नीको ‘नमार ! नमार !’ लाई टेरै नलाई एकैचाटिमा भुतुक्क पारिदियो ।
हरे नारायण, वैकुण्ठवास होस् ! अर्काले भनेको कत्ति नमान्ने, छिः कत्तिको पाप लाग्यो बाबै !
जति लाग्छ लागोस् ।
सेती र रनेका बीचमा भएको उक्त संवाद नै रनेलाई परिबन्दमा पार्ने प्रमुख मोड हो ।
वातावरण÷परिवेश
कथामा काठमाडौं जस्तो शहरको घटना भए पनि घटित घटना ग्रामीण परिवेशकै पात्रको सेरोफरोमा घुमेकाले कथाको परिवेश ग्रामीण सामाजिक धरातलमै आधारित छ । कथालाई डोर्याउने आन्तरिक विषयवस्तुको परिवेश र कथालाई डोर्याउने बाह्यपरिवेश यी दुवैको समुचित समायोजन कथाकारले यस कथामा गरेका छन् । एकातिर घटनाको प्रधानताले तोकेको परिवेशलाई व्यक्त गर्ने र अर्कातिर स्थानगत र सामाजिक परिवेशको चित्रण गर्ने काम यस कथामा भएको छ । यी दुवैले कथालाई सहज संवेद्य बनाएका छन् । रनेमा लाहुरेको लाश देखे पछि जुन मानसिक द्वन्द्व देखिएको थियो त्यसलाई सामाजिक, न्यायिक एवं आत्ममोहको परिणामका रुपमा प्रस्तुत भएको छ ।
शीर्षकको सार्थकता
परिबन्द समस्यामूलक सामाजिक कथा हो । यस कथामा नेपाली समाजका परम्परित समस्याहरू औंल्याइनुका साथै न्यायिक धरातलमा देखिएको अन्धेरनगरीको वर्णनलाई सहज परिप्रेक्ष्यमा प्रस्तुत गरिएको छ । केटीमा उमेर बढ्दै गएपछि योग्य वर पाउने अभिलाषा हुनु नै सेतीले रनेलाई प्रेमपाशमा बाँध्ने तारतम्य मिलाउन खोज्नु हो एकातिर भने अर्कातिर सेती नै अन्ततः रनेका लागि परिबन्दको कारण बन्नुले शीर्षकको सार्थकतालाई प्रमाणित गरेको छ । लाहुरेले सेती माथि आँखा गाड्नु, त्यसैको फलस्वरुप लाहुरे र रनेका बीचमा हात हालाहाल हुनु, रने र सेतीका बीचमा भएको रात्रिकालीन संवाद नमार, वैकुण्ठवास होस्, हरे कस्तो पाप लाग्यो होला आदिले नै यस कथाको सारवस्तुलाई डोर्याएको छ । त्यसै कारणले पनि शीर्षकको सार्थकता प्रमाणित गरेको छ ।
पुष्कर शमशेर र ‘लोग्ने’ कथा
कथाकारको परिचय ः
पुष्कर शमशेरको जन्म वि. सं. १९५८ साल पुष १८ गते ज्ञानेश्वर काठमाडौंमा भएको थियो । उनले आइ. ए. सम्मको अध्ययन गरेका थिए । उनी कथाकार, एकाङ्कीकार, कोशकार, व्याकरणकार तथा अनुवादक पनि हुन् । उनले विभिन्न संघसंस्थामा बसेर काम गरेका छन् । उनको ‘पुष्करशमशेरका कथाहरू’ (२०४४) नामक कृति प्रकाशित छ । उनको मृत्यु वि. सं. २०१८ साल बैशाक १० गते जनकपुरमा भयो ।
पुश्कर शमशेरको कथाकारिता
पुष्कर शमशेर थोरै कथा लेखेर पनि कथाकारका रूपमा उभिने सामाजिक कथाकार हुन् । यिनका कथाहरूमा मनोविज्ञानले पनि स्पर्श गरेको छ । यिनले आफ्ना हथाहरूमा घरेलु वातावरणको चित्रण गर्दछन् । यिनी पहिले कथानक उपस्थित गराएर त्यसैको सेरोफेरोमा तार्किक पाराले घटनाको विश्लेषण गर्दछन् । त्यसैले यिनले नेपाली कथालाई बेग्लै स्वरूप र व्यक्तित्व दिएका छन् । यिनी मूलतः घटनाप्रधान कथाकार भएकाले यिनका कथामा चरित्रचित्रणको सूक्ष्मता पाइन्छ । यिनले परिस्थितिमा अल्झेर विवश भएका पात्रहरूको मार्मिक व्यथा पोख्दछन् । नेपालीपन पाइनु यिनका कथाको विशेषता नै हो । यिनले मानवीय पीडा तथा तिनका अप्ठ्यारा परिस्थितिलाई कलात्मकपाराले चित्रण गर्दछन् । यिनले सम्भ्रान्त वर्गको उच्चता, अशिक्षा, अन्याय, अत्याचार, भवितव्य आदि सामाजिक समस्यालाई आफ्ना कथामा व्यवस्थित ढङ्गले चित्रण गरेका छन् ।
पुष्कर शमशेर सरल संरचनामा आबद्ध भएका कथाकार सर्जक हुन् । यिनले तार्किक भाषाशैलमा कथा लेखेका छन् । यिनले बाह्य–आन्तरिक दुबै प्रकारको द्वन्द्व सृजना गरेका छन् । सहज स्वाभाविक भाषामा यथावश्यक उखानको प्रयोगले कथा मार्मिक देखिन्छन् यिनका । यिनी सर्वज्ञ दृष्टिबिन्दु अँगाल्ने कथाकार हुन् । यिनले लेखकीय हस्तक्षेप गरेर कथामा टिप्पणी, मन्तव्य र व्याख्या पनि गरेको पाइन्छ । नेपाली कथा साहित्यमा समस्यामूलक सामाजिक कथाकारका रूपमा यिनको स्थान सुरक्षित देखिन्छ ।
‘लोग्ने’ कथाको समीक्षा
कथानक
लोग्ने कथा ‘पुष्करशम्शेरका कथाहरू’ (२०४४) नामक कथा सङ्ग्रहमा सङ्कलित तार्किक विचारलाई प्रतिपादन गरिएको उत्कृष्ट कथा हो । यस कथामा सामाजिक समस्यालाई मनोवैज्ञानिक रूपमा चिरफार गरिएको छ । बादल जतिसुकै कालो भए पनि त्यसमा चाँदीको घेरा हुन्छ । १९९० सालको भुँइचालोले कोठेरानीहरूलाई खुला वातावरणमा ल्यायो । त्यही वातावरणमा टन्टलापुर घाम छल्न भोगटेका छहारीमा साहिंली र चतुरे बसेका थिए । उनीहरूका साथ मासिक पत्रिका थियो । सन् १९१४ को महासमरमा मरेका अफिसरहरूको चित्र अङ्कित उक्त पत्रिकाको पाना पल्टाएर चतुरेले दिदी साहिंलीलाई रोज्न लगायो । साहिंलीले भाइको मन राख्न एउटा आकर्षक व्यक्तिले युक्त अफिसर रोजी तर चतुरेले मरेको बिरालो काखी च्यापेर ठिमी जाने बाटो कता भन्ने जस्तो मरन्च्याँसे मान्छे रोज्यो र अन्तमा दिदीका आँखामा ताल्चा र नाकमा ठेडी ठोके कुलेलम ठोक्यो र
ठीक त्यसको पाँच वर्षपछिको जुवा फुकेका दिन डिट्ठ चन्द्रबहादुर स्वास्नी छोराछोरी बटुली भिंmगेदाउ खेल्न थाले । त्यसैमा वादविवाद भयो र म चाकरीमा जाने बेला भयो भन्दै उठे, जुवा टुङ्गियो । आमाले मच्छे भन्ने छोरालाई अङ्गे्रजी पढाएको यावत् विषयमा तार्किक व्याख्या र विश्लेषण गरी पुनः उही भोगटेका रूखमनि साहिंली र चतुरे भेला हुन्छन् । चतुरेले साहिंलीलाई तस्वीरको त्यस्तो खाइलाग्दो मान्छे रोज्ने मान्छेले यस्तो घिनलाग्दो मान्छे रोजेकोमा आश्चर्य मान्छ । दिदीले आफ्नो मनोविज्ञान प्रकट गर्दछे र औसतमा स्वास्नीमान्छेले बाबुआमाले खोजिदिएको मान्छेसित बिहे गरेर जानुपर्ने विवशता र बाध्यता प्रकट गर्दछे र यहीं आएर प्रस्तुत कथा टुङ्गिन्छ ।
लोग्ने तृतीयपुरुष दृष्टिबिन्दु अँगालिएको नारी समस्यामा केन्द्रित कथा हो । यस कथाको कथानक आदि, मध्य र अन्त्यका क्रममा क्रमशः विकसित भएको छ । झीनो कथानकको बुनोट गरिएको भए पनि यो सरल कथानक भएको कथा हो । अर्थात् यो कथा लोग्ने रोजाइका प्रसङ्गमा आधारित देखिन्छ ।
पात्र वा चरित्रचित्रण
यस कथामा मुख्य रूपमा साहिँली, चतुरे, बाबु–आमा तथा लोग्ने गरी विविध खाले पात्रको संयोजन गरिएको छ । यी मध्ये यहाँ प्रमुख भूमिका खेल्ने पात्रको चरित्रचित्रण तल गरिन्छ ।
साहिलीः यस कथाकी प्रमुख स्त्री पात्र साहिँली डिठ्ठा चन्द्रबहादुर अधिकारीकी छोरी हो । ऊ गोरी, पातली, टाम्मटुम्म परेकी, फरासिली र सिंगारपटारमा मन पराउने १७ वर्षे युवती हो । ऊ परम्परागत संस्कारअनुसार विवाह गर्न नेपाली नारीकी प्रतिनिधि तरुणी हो । उसका पनि औसत नेपाली नारीजस्तै नारी सुलभ इच्छा र आकांक्षाहरू छन् अर्थात् मन पराएको लोग्नेमानिससित वैवाहिक सूत्रमा बाँधिएर एउटा सुखी र सम्पन्न जीवन बिताउने तर उसका इच्छा र आकांक्षाहरू बाध्यात्मक रूपमा बाबु आमाले खोजिदिएको केटासित विवाह गर्नाले कुण्ठित भएका छन् । साहिँलीको अन्तरहृदयले तस्वीरमा देखिएजस्तै रूपवान् युवकसँग विवाह गर्न चाहेको थियो । त्यस्तो रूप लावण्यले युक्त केटो रोज्ने साहिँली जुङे, चिम्से, खल्वाट, छ्वाँके, कालो वर्णको मान्छेलाई लोग्ने भएपछि मन पराउन विवश देखिन्छे । उसका दृष्टिमा माया गर्नु र मन पराउनु बेग्लै कुरा हुन् । अर्थात् नेपाली समाजमा छोरीलाई लोग्ने पदसित गाँसिएका शब्दले अभ्यस्त पारिएको हुन्छ । अथवा उसलाई पे्रम गर्न लगाइन्छ र उसैसित जीवन बिताउन बाध्य गरिन्छ । उनीहरू त्यसको विरुद्ध विद्रोह गर्न सक्दैनन् । त्यसैले पुरुषप्रधान मात्र नभनौँ परम्पराग्रस्त समाजका नारीहरू आपूmले रोजेको, मनले चाहेको जीवन साथीसँग जिन्दगी बिताउनबाट बञ्चित छन् । यही नारी समस्यालाई साहिँलीका माध्यमबाट व्यक्त गरिएको छ । साहिँली यस कथाकी केन्द्रीय नारी पात्र हो । ऊ परम्परागत रूढिवादी संस्कारको शिकार भएकी छ । ऊ मञ्चीय चरित्र हो । यथार्थमा भित्री मनले चाहेजस्तो युवकसित विवाह नगरिएकोमा विद्रोह गर्न नसकी मनमा कुण्ठा पालेर बस्ने औसत साहिँली नारीकी प्रतिनिधि चरित्र हो ।
चतुरेः चतुरे साहिँलीको भाइ हो । बाबुआमाले पुल्पुल्याएर पालिएको चतुरे निकै बाठो पनि छ । उ छट्टु भएकै कारणले दिदीलाई उल्याउने र जिस्क्याउने पनि गर्दछ । परम्पराबाट विकसित रूढिवादी र अन्धविश्वासका विपरीत आधुनिक सोच र विचार राख्ने चतुरे विद्रोही र परिवर्तनकामी चरित्रका रूपमा देखापरेको छ । ऊ विभिन्न तर्क दिएर युग सुहाउँदो पाराले समाजलाई परिवर्तन गर्न चाहन्छ । तर्कपूर्ण ढङ्गले कुरा गर्ने र त्यसको निराकरण गर्न चाहने चतुरे निकै बौद्धिक देखिन्छ । ऊ मञ्चीय चरित्र हो । उसमा पितृभक्ति, भाषा पे्रम र जातीय गौरव गायन गर्ने प्रवृत्ति देखिन्छ । उसले नै दिदीका आँखामा ताल्चा मार्ने र नाकमा ठेडी कोच्ने काम गरेको थियो । पुरुषसत्तात्मक परम्पराको प्रतिनिधि चरित्रको रूपमा उसको चरित्रचित्रण गरिएको छ ।
अन्य पात्रहरूमा साहिँलीका बाबुआमा, बहिनी, लोग्ने, छोरी आदि पर्दछन् । यी मध्ये परम्परावादी पुरातनवादी सोचको प्रतिनिधि चरित्रका रूपमा आमाको चित्रण गरिएको छ । अन्य पात्रको कथामा खासै महŒव नभएकाले यिनीहरू गौण चरित्र हुन् ।
भाषा शैली
यस कथामा नाटकीय पाराका संवाद आयोजना गरिएको छ । तार्किक पाराका यस कथाका संवाद सरस छन्, तर सरसताभित्र गहनताको भाव पाइन्छ यस कथाको भाषा सरल र सहज किसिमको छ । छोटा वाक्यगठन तथा उपयुक्त उखानटुक्काको प्रयोगले कथा मार्मिक बनेको छ । यो कथा वर्णनात्मक र संवादात्मक शैलीमा लेखिएको छ । काव्यात्मक शैलीमा लेखिएको प्रस्तुत कथामा छोटा–छरिता र सुहाउँदो संवादको प्रयोग गरिएको छ । केही अङ्ग्रेजी भाषाका शब्द प्रयोग गरिए तापनि तत्सम तथा झर्रा नेपाली शब्दको प्रयोग पाइन्छ । तार्किक शैलीमा कथाको बुनोट गरिएको
छ । नारी भाव बुझ्न यो कथा मार्मिक देखिन्छ ।
उद्देश्य
लोग्ने समस्यामूलक सामाजिक कथा हो । यस कथामा परम्परागत रूपमा पीडित भएका नारीहरूको समस्यालाई चित्रण गरिएको छ । यसका साथै नयाँ र पुरानो पुस्ताका बीच वैपरीत्य देखाउनु पनि यस कथाको उद्देहय हो । कुनै पनि नारीलाई तन–मन मिल्ने युवकसँग विवाह गर्न छुट दिनुपर्छ तब मात्र उसको जीवन सफल हुन्छ भन्ने सन्देश दिइएको छ । प्रतीकात्मक रूपमा नारीका आँखामा ताल्चा मार्ने र नाकमा ठेडी कोची परतन्त्रमा राख्ने पुरुषसमाज दोषी हो भन्ने अभिव्यक्ति दिइएको छ ।
शीर्षकको सार्थकता
लोग्ने समस्यामूलक सामाजिक कथा हो । यस कथामा नेपाली समाजका परम्परित समस्याहरू औंल्याइएको छ । केटीले उमेर बढ्दै गएपछि योग्य वर नपाउने समस्या, लोग्ने जस्तोसुकै भए पनि त्यसलाई एउटा पद मानेर जीवन गुजार्नु पर्ने अन्धसंस्कार र स्वेच्छाले वर रोजी विवाह गर्नुका सट्टा बाबुआमाले दिएकालाई नै स्वीकार्न पर्ने बाध्यताहरू यस कथाका समस्या हुन् । यिनै समस्यामा लोग्ने कथा घुमेको हुनाले यस कथाको शीर्षक युक्तिसङ्गत देखिन्छ ।