बालअधिकार, शान्ति र बालबालिकाको सिर्जनामा
समर्पित बालसिर्जना मासिक

उद्देश्य र परिचय
औपचारिक शिक्षा विद्यालयको स्तरोन्नतिलाई ध्यान दिएर तयार पारिएको हुनाले यसका सीमा हुन्छन् । त्यसैले औपचारिक र अनौपचारिक दुवै पाठ्यसामग्री बालबालिकाका लागि अति आवश्यक हुन्छन् । यसका लागि बालसाहित्यका पुस्तकका अतिरिक्त बालपत्रिकाको भूमिका महŒवपूर्ण हुन्छ । यही भूमिकाको निर्वाहका लागि बालसिर्जना मासिको स्थापना भएको हो । पाठ्यपुस्तक विज्ञ नियन्त्रित हुन्छन् । यसमा बालबालिकाका रचनाको समावेश हुने कुरा अहिलेसम्मको अभ्यासमा देखिँदैन । बालबालिकाले कल्पना गरेका कुरालाई सामान्य मान्ने प्रचलन अहिलेसम्म पनि छ त्यो गलत हो । किन कि उनीहरूको मस्तिष्कको क्षमता र कल्पनाशक्ति कति हुन्छ भन्ने कुराको अध्ययन कसैले गरेकै छैन । अध्ययन भए पनि त्यसले सही निष्कर्ष निकालेको छैन । बालसाहित्य र यसले आवश्यक मानेको वर्तमान परिवेशको सैद्धान्तिक आधारभूमि शिशु बालमनोविज्ञान प्रारम्भिक बाल्यावस्थामा आधारित छ । आजको बालसाहित्यको उद्देश्य मनोरञ्जन दिनु वा ज्ञान वद्र्धन गर्नुमा सीमित हुन सक्तैन । यसले त आजका केटाकेटीका जीवनमूल्य, सामाजिक विश्वपरिवेश र भावी संसारप्रतिको सम्बन्ध पनि अनिवार्य रूपमा जोडिन आउँछ । त्यसैले आजको बालसाहित्य मनोवैज्ञानिक दृष्टिले मात्र होइन साहित्य रचनाका दृष्टिले पनि अग्रगामी र पुरानो साहित्य शास्त्रीय विधानभन्दा स्वतः फरक देखिन आउँछ । शिशु साहित्यको सैद्धान्तिक आधार नेपाली बालसाहित्यमा विकसित परम्परा र विकासलाई ध्यानमा राखेर बालबालिकामा उच्चमनोबलको विकास गर्नका लागि उनीहरूको सिर्जनालाई सम्मान गर्नुपर्छ भन्ने उद्देश्य राखी असीमित क्षमता बोकेका बालबालिकाका हरेक प्रकारका सिर्जनालाई यथोचित स्थान दिनका लागि बालसिर्जना मासिक वि.सं. २०६८ सालमा स्थापना भएको हो ।
स्थापना र इतिहास
वि.सं. २०६८ साल असारदेखि बालसिर्जना मासिकको प्रकाशन आरम्भ भएको हो । यसका सम्पादक वि.सं. २०६४ सालदेखि अन्य बालपत्रिकाको सम्पादक भई कार्य गर्दै आउनु भएको हो । बालसाहित्यका क्षेत्रमा सिर्जना र सम्पादन दुवै माध्यमले परिचित र अनुभवी भएकाले बालबालिकाको सिर्जना र उनीहरूलाई रुची लाग्ने खालका बालसाहित्यकारका सिर्जनालाई यथोचित स्थान दिँदै बालसिर्जना मासिकले प्रकाशन गर्दै आएको छ । आर्थिक वर्ष २०६७÷०६८ मा दर्ता नं १९५ रहने गरी जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता भएको हो । स्थापना कालदेखि हालसम्म निरन्तर रूपमा प्रकाशित हुँदै आएको बालसिर्जना मासिक नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रशारण विभागको वर्गीकरण अनुसार निरन्तर रूपमा ‘ख’ वर्गमा रहेको छ । भाषा र साहित्य विधाअन्तर्गत रही बालसिर्जना मासिकले ‘वाङ्मय संहिता’ शीर्षकमा अर्धवार्षिक रूपमा अनुसन्धानमूलक जर्नल पनि प्रकाशित गर्दै आएको छ । यसै गरी विभिन्न लेखकका भाषा, साहित्य, समालोचना, धर्म–संस्कृति, इतिहास, परम्परालगायतका विविध विधाका पुस्तकको प्रकाशन पनि गर्दै आएको छ । २०७६ साउनदेखि बालसिर्जना मासिकको दबकिष्चवबलब।अयm वेभसाइडमा रहेको इ–पेज मार्फत् बालसिर्जना मासिक पत्रिका विश्वका पाठकमाझ पुग्न प्रारम्भ भएको छ । यसैगरी दबकिष्चवबलब।अयm ले २०७६ भदौदेखि अनलाईन न्यूज सेवाको पनि आरम्भ गरेको छ ।
बालसिर्जनामा रहने विषय
सामान्यतया (विशेषाङ्क बाहेक) रङ्गिन र सादा गरी ४८+४ पृष्ठ र १८ह्२४ से.मि. साइजमा बालसिर्जना मासिक प्रकाशित भैरहेको छ । बालसिर्जना मासिकमा समसामयिक विषयमा सम्पादकीय, समाचार, पाठक प्रतिक्रिया, जिज्ञासा, सामाजिक सन्देश मूलक सूचना, बाल–प्रतिभाको परिचय, साहित्यकार परिचय, जीवनी, कृतिको परिचय, शैक्षिक र सामाजिक संस्था परिचय, अन्तर्वार्ता, बालसाहित्यको इतिहास, कथा, कविता, निबन्ध, एकाङ्की, गीत, मुक्तक, गजल, हास्यव्यङ्ग्य, गाउँखाने कथा, स्वास्थ्य शिक्षा, बालअधिकार, सामान्यज्ञान, स्थान परिचय, विज्ञानप्रविधि, रोचक प्रसङ्ग, कानूनी ज्ञान, धार्मिक सांस्कृतिक क्षेत्रको परिचयलगायतका लेखरचना, चित्र, चित्रकथा, रङ्गभर, फरक छुट्याऊ, कोठेपद, शब्दजाललगायतका सामग्री प्रकाशित हुँदै आएको छ ।
बालबालिका, बालअधिकार, शान्ति र बालसिर्जना
शारीरिक, मानसिक र संवेगात्मक रूपमा पर्याप्त परिपक्वता पाइनसकेका अल्पवयका व्यक्तिलाई बालबालिका भनिन्छ । बालबालिका कुन उमेरमा वयस्क बन्छन् भन्नेबारे अन्तर्राष्ट्रिय रूपमा हेर्दा विविधता पाइन्छ । नेपालमा २०६३ सालपछि बालकल्याण र बालविकासका कार्यक्रमले सरकारी एवं गैरसरकारी स्तरमा प्राथमिकता पाउन थालेपछि बालबालिकाको समग्र स्थिति धेरै सुध्रिएको छ । आधारभूत बालअधिकार बालबालिकाले आफ्ना अभिभावक नागरिक रहेको देशमा मात्र होइन, विश्वभर जुनसुकै स्थानमा समेत प्राप्त गर्दछन् । यसका लागि सम्बन्धित बालबालिका बसोबास रहेकै देशमा जन्मिएको, हुर्केको वा आफ्ना बाबुआमा त्यो देशको नागरिक हुनु अनिवार्य छैन । वि.सं २०४७ मा नेपालले बालअधिकार महासन्धि अनुमोदन गरेपछि उक्त महासन्धिका प्रावधानलाई राष्ट्रिय सीमाभित्र व्यावहारिक रूपमा लागू गर्न सर्वप्रथम बालबालिकासम्बन्धी ऐन, २०४८ तर्जुमा गरियो । पछि २०५१ सालमा उक्त ऐनको नियमावलीसमेत बन्यो । नेपालको अन्तरिम संविधान, २०६३ ले एक अहं मौलिक हकका रूपमा सर्वप्रथम बालबालिकासम्बन्धी हकलाई मान्यता दियो । वर्तमान नेपालको संविधानले थप व्यवस्थासहित उक्त हकलाई सुरक्षित राख्यो । संवैधानिक प्रतिबद्धता पूरा गर्न २०४८ सालको ऐनलाई विस्थापित गर्दै मौलिक हक कार्यान्वयनकारी नयाँ बालबालिका सम्बन्धी ऐन, २०७५ लागू गरिएको छ । यसमा भएका समग्र व्यवस्था बालकेन्द्रित नै भए तापनि समकालीन समयभन्दा बालबालिकालाई धेरै अगाडि जान खोजेको, नेपाली समाजको धरातलीय यथार्थलाई आत्मबोध गर्न नसकेको, बालबालिकालाई अभिभावकभन्दा पनि राज्यको जिम्मामा लान खोजेको तथा विदेशी अपेक्षाको कानून बनाएर स्थानीय समाजको भावना, सांस्कृतिक र धार्मिक आस्था एवं कानूनबीच द्वन्द्व बढ्ने हो कि भन्ने आशंका पनि छ ।
सामान्य अर्थमा बालबालिका भन्नाले पर्याप्त शारीरिक, मानसिक र संवेगात्मक विकास भइनसकेका कम उमेरका केटाकेटी भन्ने बुझिन्छ । अर्थात् शारीरिक, मानसिक र संवेगात्मक रूपमा पर्याप्त परिपक्वता पाइनसकेका अल्पवयका व्यक्तिलाई बालबालिका भनिन्छ । मानिस जन्मिएपछि पार गर्ने पहिलो खुड्किलो भनेकै बालवय हो । तर बालवय सधैंभरि रहँदैन । उमेरअनुसार किशोरावस्था हुँदै वयस्कतातर्फ व्यक्ति अघि बढ्छ । कानूनी अर्थमा भने आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने, अरु वयस्क अभिभावकको साथ र सुपरिवेक्षण आवश्यक पर्ने, आफ्नो हित र अहित छुट्याउन नसक्ने, पछिसम्म आफूलाई असर पार्ने निर्णय वा कामकारवाही गर्न परिपक्वता नपुगेको भनेर राज्य, समाज एवं अभिभावकबाट विशेष स्याहार एवं संरक्षण आवश्यक पर्ने भनी तोकिएका निश्चित उमेर समूहका व्यक्तिहरू बालबालिका हुन् । शैक्षिक रूपमा हेर्दा विद्यालय तहमा पठनपाठन गर्ने सामान्य उमेरका व्यक्तिहरू बालबालिका हुन् । जैविक रूपमा हेर्दा शारीरिक र मानसिक विकासको परिपक्व वा उच्च अवस्थामा पुगिनसकेका व्यक्तिहरू बालबालिका हुन् । बालबालिका शारीरिक एवं मासिक रूपमा जोखिमयुक्त वर्गमा पर्छन् । यसरी फरकफरक ढंगले परिभाषित गर्न सकिएता पनि ती सबैमा एउटा कुरा भने साझा पाइन्छ ः बालबालिका शारीरिक र मानसिक रूपमा पूर्ण विकसित भई नसक्ने हुँदा तिनलाई वयस्क अभिभावक वा संरक्षकको हेरचाह आवश्यक पर्छ, तिनका आवश्यकता वयस्कका भन्दा फरक हुन्छन्, यसैले तिनीहरू परिवार, समुदाय र राज्यबाट विशेष व्यवहारका हकदार हुन् । कुनैपनि देशका बालबालिकालाई सो देशको भावी सामाजिक एवं आर्थिक पूँजी मानिन्छ । आजका स्वस्थ एवं शिक्षित बालबालिका नै भोलि गएर आफ्नो देशको योग्य तथा उत्पादनशील जनशक्तिमा रूपान्तरित हुन्छन् । २०७५ को ऐनले १८ वर्षसम्मकालाई बालबालिकामा राखेको छ । उमेर अवस्थाका आधारमा केन्द्रीय बालकल्याण समितिका अनुसार नेपालका बालबालिकाको पछिल्लो स्थिति यस्तो छ ः नेपालको कुल जनसंख्यामा १८ वर्षमुनिका ४१.८४ प्रतिशत, १६ वर्षमुनिका ३७.३७ प्रतिशत र १४ वर्षमुनिका बालबालिका ३२.३५ प्रतिशत रहेका छन् । ती बालबालिकाको हकहितका लागि हालसम्म देशका ७७ वटै जिल्लामा गरी कुल २३,६०६ वटा बालक्लबहरू सञ्चालनमा छन् जसमा झण्डै ४ लाख ३५ हजार बालबालिका समेटिएका छन् ।
बालबालिकाले आफ्नो अपरिपक्व मानसिक, बौद्धिक र शारीरिक अवस्थाका कारण नैसर्गिक रूपमा पाउने वयस्कभन्दा फरक हक र सुविधाहरूलाई बालअधिकार भनिन्छ । आधारभूत बालअधिकार बालबालिकाले आफ्ना अभिभावक नागरिक रहेको देशमा मात्र होइन, विश्वभर जुनसुकै स्थानमा समेत प्राप्त गर्दछन् । यसका लागि तत् देशमा जन्मिएको, हुर्केको वा आफ्ना बाबुआमा त्यो देशको नागरिक हुनु अनिवार्य छैन । शरणार्थी र विस्थापित भएको अवस्थामा समेत आधारभूत बालअधिकार अक्षुण्य हुन्छन् । राजनीतिक कारणले वयस्कहरूले पाउने नागरिक अधिकार मुलुकपिच्छे वा कानून प्रणालीअनुसार घटीबढी हुन सक्छन् । तर जुनसुकै आधुनिक र सभ्य मुलुकले बालबालिकाप्रतिको दायित्वबाट मुख फेर्न सक्दैन, चाहे तिनको उत्पत्ति जहाँसुकै भएको होस् ।
अहिलेसम्म विश्वका सबैभन्दा बढी राष्ट्रहरूले एकैपटक अनुमोदन गरेको महासन्धिका रूपमा बालअधिकार महासन्धि, १९८९ को बेग्लै महिमा रहेको छ । राष्ट्रसंघीय महासभाबाट नोभेम्बर २०, १९८९ मा पारित भई सेप्टेम्बर २, १९९० देखि लागू भएको यो महासन्धिमा संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रमध्ये अमेरिका र सोमालियाबाहेक अरु सबै मुलुकले हस्ताक्षर गरेका छन् । कुल ३ भाग र ५४ धारामा संगठित यस महासन्धिलाई नेपालले सेप्टेम्बर १४, १९९० मा अनुमोदन गरेको हो । महासन्धिले १८ वर्षभन्दा कम उमेरका सबै मानिसलाई बालबालिकाको वर्गमा राखेको छ । यद्यपि, यसले पक्षराष्ट्रहरूलाई वयस्कताको उमेर त्योभन्दा कम वा बढी राख्नसमेत छुट दिएको छ । बालबालिकाको संरक्षण र सम्बद्र्धनको दायित्व राज्यको हुने भनी प्रष्ट उल्लेख गरिएको यस महासन्धिले बालबालिकाको पहिचान र अस्तित्वसँग जोडिएका धेरै अधिकारहरूको घोषणा गरेको छ । जस्तै ः प्रत्येक बालबालिकाको बाँच्न पाउने जन्मसिद्ध अधिकार, नाम र राष्ट्रियताको अधिकार, अभिव्यक्ति स्वतन्त्रताको अधिकार, स्वास्थ्य र स्वास्थ्य सेवाको अधिकार, सामाजिक सुरक्षाको अधिकार, यौन र अन्य शोषणबाट संरक्षणको अधिकार, बालबालिकाले विचार प्रकट गर्न पाउने र उक्त विचारले उचित मान्यता पाउने अधिकार, शिक्षाको अधिकार, आमाबाबुसँग बस्न पाउने अधिकार, पारिवारिक पुनर्मिलनको अधिकार, विचार, विवेक र धार्मिक अभ्यासको अधिकार, अपांग बालबालिकाका बेग्लै अधिकार आदि ।
यसका अतिरिक्त बालअधिकार महासन्धिले राज्यले बालबालिकालाई कुनैपनि आधारमा भेदभाव गर्न नहुने, आमाबाबु वा अन्य जिम्मेवार व्यक्तिहरूले उपेक्षा गरेमा आफैंले स्याहारसम्भारको जिम्मा लिनुपर्ने, अभिभावकबाट विछोड भएमा बालबालिकालाई संरक्षण दिनुपर्ने, शरणार्थी बालबालिकालाई विशेष संरक्षण र सहयोग गर्नुपर्ने, बालबालिकाको बेचबिखन, बालश्रम र अपहरण नियन्त्रण गर्नुपर्ने, बालबालिकाका स्वतन्त्रताहरूको सकेसम्म अपहरण नहुने गरी सक्षम एवं स्वतन्त्र अदालतबाट उपचार दिलाउनुपर्ने, बालबिज्याईं बापत उनीहरूलाई यातना दिन वा क्रूर, अमानवीय तथा अपमानजनक व्यवहार गर्न वा सजाय दिन नहुने, उनीहरूको सामाजिक पुनस्र्थापनामा जोड दिनुपर्ने भनी बालबालिकाका हकमा राज्यका जिम्मेवारीहरूलाई समेत लिपिबद्ध गरेको छ ।
सबै प्रकारका असुरक्षाबाट बालबालिकालाई मुक्त राख्न नेपालमा २०६८ सालमा बालबालिका र विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरिएको हो । त्यसयता राजनीतिक आन्दोलन वा द्वन्द्वमा शिक्षण संस्थाको आड लिने र बालबालिकालाई हिंसा÷अशान्तिमा प्रयोग गर्नमा कमी आएको छ । बालविवाह न्यूनीकरण गर्ने, बेवारिसे एवं जोखिमपूर्ण जीवन बिताइरहेका सडक बालबालिकाको उद्धार एवं पुनस्र्थापना गर्ने काम भएको छ । त्यसैले नेपालमा बालअधिकारका क्षेत्रमा धेरै चुनौतिहरू बाँकी रहेता पनि आशाका किरण पनि उत्तिकै छन् । बालबालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा धेरै सुधार भएको छ । बालबालिकाको हकलाई संविधानमै मौलिक हकको रूपमा मान्यता दिइएको छ । बालअधिकारप्रति सबैको चेतना बढेको छ । विद्यालयमा शारीरिक दण्ड दिने कार्य धेरै हदसम्म न्यूनीकरण भएको छ । बालयौन दुराचारका घटनाहरू हिजोसम्म लुक्ने गरेता पनि अहिले सतहमा आउने गरेका छन् । स्थानीय तहहरू बालमैत्री बन्न थालेका छन्, सडक बालबालिकाको उद्धार हुन थालेको छ, बाल हेल्पलाइन सुचारु भएको छ । बाल इजलासहरू गठन गरिएका छन् । १८ वर्षमुनिका व्यक्तिहरूलाई बालबालिकाको श्रेणीमा राखी विभिन्न विशेष हक, सुविधा र छुटको व्यवस्था गरेको छ ।
बाल्यावस्था मानव जीवनको प्रारम्भिक अवस्था हो । एक किसिमको जीवनको आधार अवस्था भन्दा हुन्छ । जुनसुकै स्थान, समय र परिवेशमा जन्मेका बालबालिकाहरू हुन् उनीहरूमा फरक क्षमता अन्तरनिहित हुन्छ । शिशु अवस्थामा सिकेका कुराले पछिको क्षमता र सिकाईमा प्रभाव पार्दछ । प्रारम्भिक वर्षहरूमा शिशुहरूले आधारभूत शीप सिक्दछन् । त्यसै आधारमा पछि आउने शिक्षामा सफल भई अग्रगामी हुन्छन् ।

बालसाहित्य र मूलधारको साहित्यमा देखिने फरक पहिल्याउँदा सर्वप्रथम देखापर्ने फरकपन नै भाषा हो । बालबालिकाको उमेर अनुसारका भाषिक प्रयोग भएका साहित्य हुन्छन् । भाषिक दृष्टिले केटाकेटी सिक्दै गरेका जिज्ञासु उमेर भएका र जान्नुपर्ने सुन्नुपर्ने पक्ष धेरै नै हुन्छन् । ठूलाहरू सधै नयाँ पुस्ताका आदर्श हुन सक्ने कि नसक्ने भन्ने प्रश्न वर्तमान कालमा केटाकेटीका अगाडि आउने पहिलो प्रश्न हो । यो प्रश्नको उत्तर उनीहरूले भौतिक रूपमा खोजिरहेका हुन्छन् । हाम्रो वर्तमानका केटाकेटीहरू के कसरी हुर्किरहेछन् ? ठूलाले सानालाई माया गर्छन् कि तिरस्कार गर्छन् यसै आधारमा साहित्यमा पनि ठूला भनिने साहित्यकारले बालसाहित्यलाई सानाको साहित्य भनेर हेपेको परिवेश छ कि माया गरेको परिवेश छ । त्यसैले सानाको साहित्य र ठूलाको साहित्य बीचको द्वन्द्वलाई ठीक ठाउँमा ल्याउन आवश्यक हुन्छ । बालसाहित्यको बालभाषा र किशोर साहित्यमा भाषिक खुलापन हुन्छ । त्यसैले साहित्यमा भाषाको प्रश्नले धेरै कुरा बोलिरहेको हुन्छ । साहित्यिक परिवेशमा पनि साना केटाकेटीको साहित्यको भाषा र ठूलाहरूको साहित्यको भाषामा धेरै नै फरक पाइने हुँदा पहिलो फरक भाषा नै हो भन्ने बुझ्न सकिन्छ ।
केटाकेटीका पाठ्यसामग्री भन्नाले बालसमूहले प्रयोग गर्ने पठन सामग्री अर्थात् बालपुस्तक पर्दछन् । औपचारिक शिक्षाका रूपमा अनिवार्य पठन विद्यालयको व्यवस्था अनुसार हुने औपचारिक शिक्षासँग सम्बन्धित पठन सामग्री यसमा लेखिएका हुन्छन् । यी सामग्री पठेर उनीहरू तह उत्तीर्ण गर्छन् र कक्षामा स्तरोन्नति हुन्छन् । यसरी पठन सामग्रीमा कही कतै बालसाहित्यका अंश परे पनि उमेर अनुसारका सामग्री रहे पनि यी सबैसबै केटाकेटीमा रुचिका विषय नहुन सक्छन् । औपचारिक शिक्षा विद्यालयको स्तरोन्नतिलाई ध्यान दिएर तयार पारिएको हुनाले यसका सीमा हुन्छन् । त्यसैले औपचारिक र अनौपचारिक दुवै पाठ्यसामग्री बालबालिकाका लागि अति आवश्यक हुन्छन् । सामान्य रूपमा पाठ्यपुस्तक र बालसाहित्यमा रहेका समानता र भिन्नता यस्ता देखिन्छन् ः
 बालबालिकाका निम्ति तयार गरिएको सबै किसिमका पुस्तकहरू बालपाठ्य हुन् ।
 पाठ्यपुस्तक र बालसाहित्य दुवैमा विभिन्न आयुवर्गलाई चाहिने केटाकेटी सुहाउँदो भाषा र शैलीको प्रयोग गरिएको हुन्छ ।
 केटाकेटीका लागि तयार पारिएका पाठ्य पुस्तक र बालसाहित्य आवश्यकतानुसार एकरंगी र बहुरंगी चित्रको संयोजनसमेत गरिएको हुन्छ ।
 पाठ्यपुस्तक र बालसाहित्य दुवैले जीवनोपयोगी शिक्षा दिने उद्देश्य राखेका हुन्छन् ।
 केटाकेटीहरूलाई भाषा र साहित्य पठाउन तयार गरिएमा पाठ्यपुस्तकहरूमा पनि बालसाहित्यको सामग्री राखिएको हुन्छ ।

पाठ्पुस्तक र बालसाहित्यका सामग्रीमा फरक
१.शैक्षिक उद्देश्य पूर्तिका लागि तयार पारिएको हुन्छ । १.बाल्यकालको रुचि परिवर्तनका लागि लेखिएको हुन्छ ।
२. पाठ्यपुस्तकको विषयवस्तु सीमित हुन्छ । २.बालसाहित्य मनोविज्ञान मानवीय अनुभव र प्रकृतिलाई ध्यानमा राखी स्वतन्त्र रूपमा लेखिएको हुन्छ ।
३.पाठ्यपुस्तकको चित्र उद्देश्य केन्द्रित र स्थिर हुन्छ । ३. चित्र प्रयोगशील हुन्छ । बालसाहित्यमा चित्रकार पनि सुक्ष्म रूपमा रहन्छ ।
४.पाठ्यपुस्तको उद्देश्य र विषयवस्तु फेरिए पनि संशोधन हुन्छ । ४.बालसाहित्य एकपटक लेखिएपछि संशोधन हुँदैन ।
५.पाठ्यपुस्तक परिवर्तन वा राम्रो पुस्तक तयार हुनासाथ पाठ्यपुस्तक फेरिन्छन् । ५.बालसाहित्य सधैंका लागि हुन्छ फेरिँदैन ।
६.पाठ्यपुस्तकमा अभ्यास र प्रश्न रहन्छन् । ६.बालसाहित्यका कृतिमा प्रश्न र अभ्यास हुँदैनन् ।
७.पाठ्यपुस्तक बालबालिकाहरूका लागि प्राथमिक पाठ्यसामग्री हुन् यी नभई पढाइ चल्दैन । ७.बालसाहित्य बालबालिकाका लागि सहायक सामग्री हुन् यी सामग्री नभएपनि पढाई चल्छ ।

यसबाट औपचारिक शिक्षामा पनि केटाकेटीका विषयवस्तु नपर्ने भन्ने होइन पर्न सक्छन् तर सबै सचित्र हुँदैनन् । बालबालिकालाई सचित्र सामग्री मन पर्छ । औपचारिक शिक्षाले कक्षा चढाउने काम गर्छ त्यसको सहयोगी सामग्री पनि उत्तिकै आवश्यक हुन्छ । औपचारिक पाठ्यपुस्तकबाट पठनशीप, विकासका कुरा औपचारिक शिक्षाले मात्र पूरागर्छ भन्ने मान्न नसकिने देखिन्छ । त्यसैले अनौपचारिक रूपमा विकसित सन्दर्भ सामग्री आवश्यक पर्छन् । यसैका लागि अनौपचारिक रूपमा शिशु, बाल र किशोर साहित्यको विकास भएको देखिन्छ । विश्वमा विकसित भैरहेका तथ्यलाई पाठ्यक्रमले तत्काल परिवर्तन गर्न सक्दैन यसका लागि सहयोगी सामग्री आवश्यक हुन्छ ।

साहित्यलाई शास्त्रीय दृष्टिले हेर्दा यसका परिभाषा तत्त्वहरू र स्वरूपगत आधारहरू फेला नपर्ने त होइनन् तर पनि युगीन परम्पराले पुरै निर्वाह गर्न सक्तैन र यसमा पनि परिवर्तनका सङ्केत पाइन्छन् । यसबाट परम्परागत शास्त्रीय विधानले आजको समाज र समय मानवीय जीवनको व्याख्या गर्नमा समर्थ देखिँदैन । आजको आवश्यकता केटाकेटी र उनको परिवेशबोध र उनीहरूको मनोविज्ञानको हो । आज साहित्य लेख्नुपर्ने जुन अवस्था छ त्यो हिजो थिएन । त्यसैले आजको शिशु साहित्यले साहित्य शास्त्रीय परम्परागत चिन्तनमा नवीन शिशु मनोविज्ञान प्रारम्भिक बाल्यावस्थाको विकास सन्दर्भ अनिवार्य तत्त्वका रूपमा स्थापित भएको पाइन्छ ।
बालसाहित्यको उद्देश्य मनोरञ्जन दिनु वा ज्ञानवद्र्धन गर्नुमा सीमित हुन सक्तैन । यसले त आजका बालबालिकाको जीवनमूल्य, सामाजिक विश्वपरिवेश र भावी संसारप्रतिको सम्बन्ध पनि अनिवार्य रूपमा जोडिन आउँछ । त्यसैले आजको बालसाहित्य मनोवैज्ञानिक दृष्टिले मात्र होइन साहित्य रचनाका दृष्टिले पनि अग्रगामी र पुरानो साहित्य शास्त्रीय विधानलाई अँगाल्दै विश्वसाहित्यमा देखापरेका नयाँ नयाँ चिन्तन र मार्गको अवलम्बन गर्न सिकाउनु पनि आजको आवश्यकता हो । विश्वसाहित्यमा विकसित सैद्धान्तिक आधार एवम् नेपाली बालसाहित्यमा विकसित परम्परा र विकासलाई ध्यानमा राखेर बालबालिकामा उच्चमनोबलको विकास गर्नका लागि उनीहरूको सिर्जनालाई सम्मान गर्नुपर्छ भन्ने उद्देश्यसहित बालबालिकाको सिर्जनामा समर्पित छ बालसिर्जना मासिक ।

Top