मन छ

जागृत थापा १२ असोज २०७७, सोमवार

मन छ

थाकेको तिम्रो काँधको भार, बोकिदिने मन छ । शरीरभरी लागेका घाउमा मलम दलिदिने मन छ ।। सपनाको तिम्रो भारी गन्तव्यमा,पु¥याइदिने मन छ । हो बुबा, मलाई तिम्रा फाटेका जुत्ता फेरिदिने मन छ ।।   सङ्घर्ष मै बितेका तिम्रा दिनलाई आराम दिने मन छ । वर्षौंदेखि भोको तिम्रो पेटलाई,...बाँकी

जुरेलीको बचेरो

प्रेमनारायण भुसाल १२ असोज २०७७, सोमवार

जुरेलीको बचेरो

जुरेलीको बचेरो आँगन छेउँ आएको झिल्के चुल्ठो जन्मँदै कसोरी हो पाएको ? भ्यागुतोझैँ उफ्रन्छ भुर्रभुर्र गरेर निम्तो गर्यो मलाई खेल्न आऊ भनेर । समातेर घरमा साथी बनाई राख्नलाई गएँ नजिक उसको ल्याउँछु भनी समाई । माउ रैछ नजिकै झुक्याउन सिपालु मेरै अघि आएर सुतिदियो सत्रङ्गै । अघि बढेँ...बाँकी

आमा

दिग्दर्शन पोख्रेल २ असोज २०७७, शुक्रवार

आमा

जुन सङ्घर्षमा लड्यांै तिमी अविचलित भई सुन्दर संसार देखायौ जन्माई आफ्नो कोख फोरी ओठमा हाँसो सजायौ पलपलमा आफूभित्र रोई जुन आँसुको झरी थेग्यौ मलाई ममता खन्याई । जुन अँध्यारोलाई जित्यौ सन्तानको उज्यालो बोकी अड्चनहरुका चड्कन सह्यौै मेरो निम्ति लडी संसार डुलायौ तिमीले महान् काखमा राखी जुन ममतामा फुलायौ...बाँकी

कोरोनाको कहर

बालसिर्जना संवाददाता ३१ भदौ २०७७, बुधवार

कोरोनाको कहर

कोरोनाको कहर खोस्यो सारा रहर मानिस सबै बिचरा हुँदै गए निराश । हामी यता बन्दी छौँ अरु उतै बन्दी छन् स्कुलका ढोकामा खिया लागि सकेछन् । लेख्ने पढ्ने रहर कापी किताब मक्किए गुरु चेला नभेटी टाढा कता अड्किए । संसार नै त्रासमा लुक्नु पर्ने बासमा हामी खेल्ने चहुर...बाँकी

अल्छी विद्यार्थी

– रमेशचन्द्र घिमिरे २६ भदौ २०७७, शुक्रवार

अल्छी विद्यार्थी

किताब कापी देख्यो कि त दिक्क लाझर आउँछ पढ्न खोज्यो झुपुझुपु निद्रा मात्रै लाउँछ घडी हेर्छु खुसुखुसु मिनेट कट्न गाह्रो के गर्ने हो भन्देऊ साथी मलाई पर्यो साह्रो सरका कुरा ञतैँले पढ्न मन दिए नि हुन्थ्योझ मेरा कुरा ञसरले कथा भन्दिए नि हुन्थ्योझ भन्नुहुन्छ सरले ञकथा जाँचमा आउँदैनझ...बाँकी

कोरोना

जश्मन बैद्य २३ भदौ २०७७, मंगलवार

कोरोना

कोरोना तिमी त शक्तिशाली भाइरस रहेछौ । आज विश्वले तिम्रो नामकरण कोभिड-१९ गरिदियो । तिमी विश्वमा यसरी फैलियो आज धनी राष्ट्रदेखि गरिब राष्ट्रसम्म धनी मानवदेखि गरिब मावनसम्म । तिम्रो यो प्रेमले सबैलाई घरभित्र बस्न भिडबाट टाढा हुन समय समयमा हात धुन स्वास्थ्य नै जीवनको धन हो भन्न सिकायौं...बाँकी

अनलाईन पढाइ

राजकुमार खत्री २३ भदौ २०७७, मंगलवार

अनलाईन पढाइ

लकडाउन पछि अनलाईन कक्षा, चर्चामा आयो यस्ता खाले कक्षाले धेरै विद्यार्थीको, पढाई छुटायो । बन्दाबन्दीमा अभिभावकलाई, चौतर्फी सास्ती सलह, कलह, बाढी र पहिरो,बढ्दै गयो विपत्ति । इन्टरनेट छैन,भाइबर चल्दैन,कसरी पढ्ने अग्रीम भुक्तानी नगरिए, सामेल हुन नपाईने । भाईरसले डाडाँकाडाँ ढाक्यो, बढायो संकट पढाई छुटो, शुल्क तिर्नै पर्ने साथी,...बाँकी

Love of Sky and Earth

Bhupa P. Dhamala २१ भदौ २०७७, आइतवार

Love of Sky and Earth

The earth was made of up the land and the sea. One day the sky saw that the green land was beautiful. He quickly fell in love with the land. But the sky was too far from the land in the plain. So he pulled a part of...बाँकी

गजल

देवराज तिवारी १९ भदौ २०७७, शुक्रवार

गजल

गजल अनेकौँ प्रश्न अगाडि निरुत्तर भएको छु जल जमिन दुबै ठिक उभयचर भएको छु कयौँ पटक रात आउँदा जीवनमा थर्काएर बिहानीको प्रहर भएको छु खुबै लोभ्याए पनि फूलका परागहरूले आफै काँस फुलाएर बस्ने बगर भएको छु मिसावट जीवन बाँचेर चलिरहेछ दुनियाँ तटस्थ हेरी बस्ने म नजर भएको छु...बाँकी

विद्या

विप्लव खनाल १९ भदौ २०७७, शुक्रवार

विद्या

विद्या आर्जन गरौं साथी पुग्छौं माथि माथि । विद्या जस्तो ठूलो कुरा छैन माना पाथी ।। सर्वश्रेष्ठ धन हो विद्या शास्त्रले नै भन्छ । लेखी पढी ठूलो मान्छे बन्ने मेरो मन छ ।। आमाले झैं माया गर्ने काम गर्छ विद्या । बाबुले झैं रक्षा गर्ने काम गर्छ विद्या...बाँकी

Top