दिग्दर्शन पोख्रेल २ असोज २०७७, शुक्रवार

 

जुन सङ्घर्षमा लड्यांै तिमी अविचलित भई
सुन्दर संसार देखायौ जन्माई आफ्नो कोख फोरी
ओठमा हाँसो सजायौ पलपलमा आफूभित्र रोई
जुन आँसुको झरी थेग्यौ मलाई ममता खन्याई ।

जुन अँध्यारोलाई जित्यौ सन्तानको उज्यालो बोकी
अड्चनहरुका चड्कन सह्यौै मेरो निम्ति लडी
संसार डुलायौ तिमीले महान् काखमा राखी
जुन ममतामा फुलायौ आफ्नो कुनै प्रवाह नगरी ।

जुन आशाको छाता ओडायौ अघि बढ्न सधैँ
विपत्मा लड्न सिकायौ सफलताहरु टिप्नलाई
सपनाहरुका क्षितिज छाम्यौ मेरा प्रगतिका तारा देखी
जुन ममतामा शिक्षा दिलायौ शिखरहरु चुम्ने गरी ।

जुन परिश्रमले साथ दियौ घडीहरु प्रतिकूल भए पनि
निस्वार्थी आकाशमा सजायौ तिमीले मनभित्रैबाट हिम्मत गरी
तिम्रो ओठको हाँसोलाई मनको हाँसोमा बदली
जुन सपना सजाउनुभो, साकार पारेर मात्रै विश्राम लिन्छु आमा !

दिग्दर्शन पोख्रेल, कक्षा ९, बूढानीलकण्ठ स्कूल

Top