२०७७ असाेज ४ गते बसेकाे मदन पुरस्कार गुठीकाे साधारण सभाले २०७६ काे जगदम्बा श्री पुरस्कार श्री शान्ति ठटाललाइ अर्पण गर्ने घाेषणा गरेकाे छ भने २०७६ सालमा प्रकाशित पुस्तकहरुमध्येबाट महारानी उपन्यासका लागि श्री चन्द्रप्रकाश बानियाँ लाइ अर्पण गर्ने निर्णय गरेकाे छ ।
वि स २०१२ सालमा स्थापित भएकाे मदन पुरस्कार गुठीले हालसम्म विशेष समाराेहकाे अायाेजना गरेर पुरस्कार वितरण गर्दै अाएकाेमा यस पटक काेभिड १९ का कारण सम्मान समाराेहकाे अायाेजनाकाे सूचना पछि सार्वजनिक गर्ने कुरा विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।