१८ चैत, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयमा रिक्त रहेकाे उपकुलपति पदका लागि २७ चैतबाट उम्मेदवारहरूको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण हुने भएको छ ।

उपकुलपतिको नाम सिफारिश गर्न गठित छनोट समितिका अनुसार १७ जना उम्मेदवारको २७, २८ र २९ चैतमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रस्तुतीकरण हुनेछ । तर शिक्षा मन्त्रालयले तयार गरेकाे कार्यविधि अनुसार बढीमा एक तिहाइ वा पन्ध्र जनामा नबढ्ने गरी जुन स‌ख्या कम हुन्छ त्यही स‌ख्यालाइ मात्र अन्तर्वार्तामा बाेलाउनु पर्ने कुरा स्पष्ट रुपमा उल्लेख गरिएकाे छ ।

कार्यविधिमा भएकाे प्रावधान विपरीत २०८० चैत्र २७ गते शुभनारायण पाठक, अनिलकुमार पोख्रेल, जीवनकुमार ढकाल, अशोककुमार झा, गुरुप्रसाद खनाल र प्रमोदकुमार झाको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण हुनेछ ।

२८ चैतमा बिजुकमार थपलिया, विनोद पराजुली, देवीप्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटुवाल र उमेश कोइरालाको हुनेछ ।

२९ चैतमा संजेशकुमार पोख्रेल, रेशमबहादुर थापा, रमेशप्रसाद भट्टराई र महेशराज दाहालको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण हुने जनाइएको छ ।

शिक्षामन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा बनेको छनोट तथा सिफारिश समितिले उम्मेदवारको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण सुन्ने छ ।

यसअघि पूर्व शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा बनेको छनोट तथा सिफारिश समितिले १७ जना आवेदकको नामावली सार्वजनिक गरेको थियो । १८ आवेदकमध्ये एकजनाको आवेदन अस्वीकृत भएको थियो । कार्यविधिमा उल्लेख भए अनुसार नहुँदा याे प्रक्रिया स्वत रद्ध हुने निश्चित छ । १८ फागुनबाट पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पद रिक्त रहेकाे छ ।

Top