कोरोनाको कहर
खोस्यो सारा रहर
मानिस सबै बिचरा
हुँदै गए निराश ।
हामी यता बन्दी छौँ
अरु उतै बन्दी छन्
स्कुलका ढोकामा
खिया लागि सकेछन् ।
लेख्ने पढ्ने रहर
कापी किताब मक्किए
गुरु चेला नभेटी
टाढा कता अड्किए ।
संसार नै त्रासमा
लुक्नु पर्ने बासमा
हामी खेल्ने चहुर
लुकिसक्यो घाँसमा ।
कति सूक्ष्म जीवहो
जीवहो कि बिषहो
सम्झनामा मात्र भो
हाँस्ने खेल्ने दिन त्यो
फेरि कहिले आउला
सफा शान्त बिहानी
कहिले हामी नाचौँला
हातमा हात समाती ।