कोरोनाको कहर
खोस्यो सारा रहर
मानिस सबै बिचरा
हुँदै गए निराश ।
हामी यता बन्दी छौँ
अरु उतै बन्दी छन्
स्कुलका ढोकामा
खिया लागि सकेछन् ।
लेख्ने पढ्ने रहर
कापी किताब मक्किए
गुरु चेला नभेटी
टाढा कता अड्किए ।
संसार नै त्रासमा
लुक्नु पर्ने बासमा
हामी खेल्ने चहुर
लुकिसक्यो घाँसमा ।
कति सूक्ष्म जीवहो
जीवहो कि बिषहो
सम्झनामा मात्र भो
हाँस्ने खेल्ने दिन त्यो
फेरि कहिले आउला
सफा शान्त बिहानी
कहिले हामी नाचौँला
हातमा हात समाती ।
नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले केहि दिन अगाडि संसदमा...
१ कात्तिक, काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी...
२१ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अन्य प्रदेशको तुलनामा...
काँग्रेसका हस्ती सिटौलाले महामन्त्री विश्वप्रकाश पक्षलाई ‘पेलेको’ सुनिन्छ । यसरी पार्टीलाइ फाइदा...
राजनीतिक यात्रामा मेरो पहिलो पाइला १३ वर्षको उमेरदेखि कै हो । २०३३...
४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ...