जश्मन बैद्य २३ भदौ २०७७, मंगलवार

 

कोरोना तिमी त
शक्तिशाली भाइरस रहेछौ ।

आज विश्वले तिम्रो नामकरण
कोभिड-१९ गरिदियो ।

तिमी विश्वमा यसरी फैलियो आज
धनी राष्ट्रदेखि गरिब राष्ट्रसम्म
धनी मानवदेखि गरिब मावनसम्म ।

तिम्रो यो प्रेमले
सबैलाई घरभित्र बस्न
भिडबाट टाढा हुन
समय समयमा हात धुन
स्वास्थ्य नै जीवनको धन हो
भन्न सिकायौं ।

डाक्टर र नर्सलाई
तिमीसँग लड्न उभ्यायौं
मानव जातिलाई मरणतुल्य बनायौं ।

कोरोना तिमीलाई हाम्रो अनुरोध छ
कृपया अब आफ्नो घरभित्र
चाँडो भन्दा चाँडो जाउँ
विश्वलाई विनाश हुनबाट बचाउँ ।।

जश्मन बैद्य, कक्षा-६
नार्गजुना एकेडेमी, कुपण्डोल ।

Top