लकडाउन पछि अनलाईन कक्षा, चर्चामा आयो
यस्ता खाले कक्षाले धेरै विद्यार्थीको, पढाई छुटायो ।
बन्दाबन्दीमा अभिभावकलाई, चौतर्फी सास्ती
सलह, कलह, बाढी र पहिरो,बढ्दै गयो विपत्ति ।
इन्टरनेट छैन,भाइबर चल्दैन,कसरी पढ्ने
अग्रीम भुक्तानी नगरिए, सामेल हुन नपाईने ।
भाईरसले डाडाँकाडाँ ढाक्यो, बढायो संकट
पढाई छुटो, शुल्क तिर्नै पर्ने साथी, नमान झण्झट ।
यसले धेरै विद्यार्थीको भविष्यमा, असर पर्ने नै भो
समस्या समाधान गर्न, शिक्षा मन्त्रालयले नसुन्ने भो ।
सधैँ भरिभराउ कक्षा हुन्थ्यो, अनलाइनमा ५ जना
उठ साथी, ननिदाउ, अब त एक स्वरमा भनौन ।
राजकुमार खत्री
कक्षा – ९
नागार्जुना एकेडेमी, कुपण्डोल, ललितपुर ।