– रमेशचन्द्र घिमिरे २६ भदौ २०७७, शुक्रवार

 

किताब कापी देख्यो कि त दिक्क लाझर आउँछ
पढ्न खोज्यो झुपुझुपु निद्रा मात्रै लाउँछ
घडी हेर्छु खुसुखुसु मिनेट कट्न गाह्रो
के गर्ने हो भन्देऊ साथी मलाई पर्यो साह्रो
सरका कुरा ञतैँले पढ्न मन दिए नि हुन्थ्योझ
मेरा कुरा ञसरले कथा भन्दिए नि हुन्थ्योझ
भन्नुहुन्छ सरले ञकथा जाँचमा आउँदैनझ
म भन्छु ञसर, नत्र पढ्न मन लाउँदैनझ
आँखा छली चाउचाउ खान मन लाग्छ मलाई
सरले गाली गर्नुहुन्छ ञपख् न अ‍ैले तँलाई
पढ्नु सढ्नु छैन खालि मुख चलाउने
किन होला तँलाई पढ्न मन नलाउने ?झ
यै बेलामा भोक लाग्छ निद्रा पनि लाग्छ
सरले कथा भन्दिए पो निन्द्रा सिन्द्रा भाग्छ
सरले कुरो बुझ्नुहुन्न पढ् पढ् भन्नुहुन्छ
जतिखेरै पनि मेरो खोइरो खन्नुहुन्छ
पढ्नु साटो माछा मार्न जान्छु खोला भनी
सरको गाली सुनेपछि झोला बोकेँ अनि
मन मिल्ने साथी भेटेँ खेलछुट्टीमा भागेँ
झोलासोला मिल्काएर खोलातिर लागेँ
साथीसँग ढडिया थ्यो त्यही बोकी गयौँ
इसाराले बोलाएका साथी जम्मा भयौँ
चपरी र ढुङ्गा खोजी सोतो च्याप्प पार्यौँ
दुवालीमा रमाउँदै माछासाछा मार्यौँ
असला र भित्ती अनि फगेटा नि मार्यौँ
झिँगे माछा, बुदुना र भोटी हात पार्यौँ
साँझ घरमा आउँदा थोरै माछा पनि ल्याइयो
माछा खाइयो, माछासँगै फेरि गाली खाइयो
भोलि फेरि स्कुलमा गइयो जान तर
सरले सातो लिने हुन् कि भन्ने थियो डर
जाँचको रुटिन सरले बोर्डमा लेखिदिनुभयो
ञहिजो स्कुल किन हाप्या ?झ सातो लिनुभयो
हिजो दिन बिताइएथ्यो माछा मार्दामार्दै
आज मुटु ढुकढुक भयो रुटिन सार्दासार्दै
पढ्ने बेला गर्न हुँदो रैन्छ अलमल्ल
पढ्नु पर्छ भन्ने थाझभो चेत खुल्यो बल्ल
च्यानल जम्मै मेरै लागि बन्या हुन् झैँ लाग्थ्यो
टिभी हेर्दा भोक लाग्थेन निन्द्रासिन्द्रा भाग्थ्यो
गृहकार्य कैले गर्नु कैले पढ्नु पाठ ?
मध्यरातमा सुतेपछि उठ्दा बज्थ्यो आठ
मेरो ग्रह दशा सुरु भयो आजैदेखि
साँझबिहान बित्ने भयो पाठ लेखिलेखी
पैलेदेखि पढ्या भए दिमागमा नि छिर्थ्यो
नत्र आज यो पढाइले मलाई कहाँ पिर्थ्यो ?
खोला खोला नदौडे भा, नचढे भा रुखमा
किन रुनु पर्थ्यो अ‍ैले परीक्षाको मुखमा
हिजोअस्ति पढिएन फुटबल खेल्न गइयो
जाँचको पिरले झन्नै आज बिरामी नै भइयो
जसोतसो जाँचमा गएँ, प्रश्नपत्र पढेँ
केके लेखेँ केके लेखेँ पाना मात्रै भरेँ
पैल्यै राम्रो पढ्या भए दुःख पाइन्थेन
राम्रै अङ्क ल्याइन्थ्यो होला धोका खाइन्थेन
टर्मिनलको रिजल्ट हुँदा बाबा जानुभयो
ञइझ ग्रेडको मार्क्सिट देख्दा दिक्क मान्नुभयो
सबैभन्दा पुच्छे भछु लाग्यो मलाई लाज
कसो गरी मुख देखाऊँ साथीभाइको माझ
क्लासमा अब निदाउन्न कतै घुम्न जान्नँ
हल्लाखल्ला गर्दिनँ म चुइँगम चाउचाउ खान्नँ
अब किताब फुकाएर गर्छु पढ्न सुरु
पैला जे भो जसो भयो माफ पाऊँ गुरु !
– भोर्लेटार, लमजुङ ।

Top