जुरेलीको बचेरो आँगन छेउँ आएको
झिल्के चुल्ठो जन्मँदै कसोरी हो पाएको ?
भ्यागुतोझैँ उफ्रन्छ भुर्रभुर्र गरेर
निम्तो गर्यो मलाई खेल्न आऊ भनेर ।
समातेर घरमा साथी बनाई राख्नलाई
गएँ नजिक उसको ल्याउँछु भनी समाई ।
माउ रैछ नजिकै झुक्याउन सिपालु
मेरै अघि आएर सुतिदियो सत्रङ्गै ।
अघि बढेँ समात्न भुर्र गर्दै नजिकै
गई बस्यो म पनि लागेँ पछि उसकै ।
मलाई टाढा पुर्यायो अनि उड्यो बेसरी
आफ्नो बच्चा भगाउन नाटक गर्यो त्यसरी ।