जागृत थापा १२ असोज २०७७, सोमवार

 

थाकेको तिम्रो काँधको भार, बोकिदिने मन छ ।
शरीरभरी लागेका घाउमा मलम दलिदिने मन छ ।।
सपनाको तिम्रो भारी गन्तव्यमा,पु¥याइदिने मन छ ।
हो बुबा, मलाई तिम्रा फाटेका जुत्ता फेरिदिने मन छ ।।

 

सङ्घर्ष मै बितेका तिम्रा दिनलाई आराम दिने मन छ ।
वर्षौंदेखि भोको तिम्रो पेटलाई, अघाउन हाल्ने मन छ ।।
रङ्गीविरङ्गी साडी लगाउने तिम्रा इच्छा, पु¥याइदिने मन छ ।
हो आमा, तिमीलाई सधैं देवी बनाई पुजिरहने मन छ ।।

 

लाली पाउडर दल्ने तिम्रो इच्छा, पूरा गरिदिने मन छ ।
तिम्रा साथीसङ्गीहरू गएकै ठाउँ डुलाउने मन छ ।।
ल्यापटप अनि मोबाइल पनि दिलाइदिने मन छ ।
हो, बहिनी, मलाई तिम्रो ओंठमा हाँसो भरिदिने मन छ ।।

 

चुहिएको हाम्रो घरको पाली फेरिदिने मन छ ।
गुमाएका खेतबारी फेरी फिर्ता गरिदिने मन छ ।।
सपनाको हाम्रो संसार पनि सजाइदिने मन छ ।
हो, मलाई मेरो भाग्य आफ्नै हातले लेख्ने साह्रै मन छ ।।

जागृत थापा
बूढानीलकण्ठ स्कूल, काठमाडौ
कक्षा ११

Top