राजस्व अनुसन्धान बुटवलका प्रमुख विजय राना २ गुड्खा उद्योगीसँग २ लाख रुपैयाँ घुस लिदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको छ ।

मंगलबार विहान साढे १० बजेतिर बुटवल उपमहानगरपालिका वडा न. १३ बुद्धचौकमा गुड्का व्यवसायी अनिलकुमार झासँग घुस रकम लिदै गर्दा तेस्रो पक्षबाट आएको सूचनाका आधारमा अनुसन्धान प्रमुखलाई पक्राउ गरिएको हो । बुटवल १३ नयाँगाउँमा राजस्व अनुसन्धान बुटवलको कार्यालय रहेको छ ।

कार्यालय नजिकै घुस रकम लिने बिषयमा बार्गेनिङ भइरहेको सूचना आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोली त्यहाँ पुगेको प्रमुख डा. भिष्मकुमार भुसालले जानकारी दिए । उनले पक्राउ गरिएका रानालाई थप कारवाहीका लागि आवश्यक प्रक्रिया अघि बढाइने बताए ।

Top