बालसिर्जना संवाददाता ११ भदौ २०७७, बिहीवार

 

११ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १११ कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा १ हजार १११ मा संक्रमण पुष्टि भएको हो ।

कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । उनीहरुमध्ये १८३ जनाको मृत्यु भएको छ भने २० हजार ७३ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ५६९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ३७७ संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा मात्र २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना रहेका छन् ।

यस्तै पर्साका ८५ जना, बाँकेका ७५, रुपन्देहीका ७२, मकवानपुरका ६३, चितवनका ४५, धनुषाका ३९, सुनसरीका ३८, बाराका ३०, सप्तरीका २२,

कपिलवस्तुका २१, मोरङ र कैलालीका २०/२० जना, नवलपरासीका १८,

नवलपुर र बैतडीका १७/१७, रौतहटका १५, काभ्रेका १३, दैलेखका १२, तनहुँका ११, सुर्खेतका ९, बाग्लुङका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सिराहा, महोत्तरी र नुवाकोटका ७/७ जना, सर्लाही, रामेछाप, कञ्चनपुर र डोटीका ६६ जना, सिन्धुली र जाजरकोटका ५/५ जना, प्युठान र संखुवासभाका ४/४ जना, सिन्धुपाल्चोक, लमजुङ र गुल्मीका ३/३ जना, दोलखा, कास्की र दाङका २/२ जना तथा खोटाङ, धादिङ, गोरखा, पर्वत, बर्दिया र बझाङका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

Top