बालसिर्जना संवाददाता ३ कात्तिक २०७६, आइतवार

 

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार शिलान्यास गर्ने भएका छन्। सुरुङमार्ग निर्माण परियोजनाका अनुसार नागढुङ्गाको टोटेपाखामा दिउँसो साढे दुई बजे एक कार्यक्रमकाबीच प्रधानमन्त्रीले सुरुङमार्गको शिलान्यास गर्ने भएका हुन्।

जापान सरकारको ऋण सहायतामा बन्न लागेको सो सुरुङमार्गका लागि गत असोज मा एक कार्यक्रमका बीच नागढुंगा सुरुङमार्ग निर्माण परियोजना जापानकोहाज्मा अन्डो कर्पोरेसनबीच ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार साढे तीन वर्षभित्र निर्माण सम्पन्न भइसक्नेछ।

१३ अर्ब ५० करोडमा ठेक्का सम्झौता भएको सो सुरुङ मार्गको लम्बाइ दशमलव ६७ किलोमिटर रहेको छ। ४० वर्षभित्र तिर्नेगरी शून्य दशमलव शून्य प्रतिशत ब्याजदरमा जापानले ऋण सहायता उपलब्ध गराएको हो।

Top