लकडाउन सुरु भएको झन्डै तीन महिनापछि उपत्यकामा चहलपलह बढेको छ। अधिकांश सरकारी कार्यालय खुल्नेगरी सरकारले सरकारले सोमबारदेखि जोरबिजोर लागु गरी सवारीसाधन आवतजावतलाई अनुमति दिएको थियो।
यसैबीच प्रहरीले जोरबिजोर पालना नगर्ने एक हजार नौ सय २३ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवनराम श्रेष्ठले जोरबिजोर नमान्ने केहीलाई कारबाही गरे पनि अन्य सवारीसाधन भने निर्बाध रूपमा सञ्चालन भएको जानकारी दिए। ‘सोमबार सडकमा सवारीको निकै भीड देखिएको छ,’ उनले भने, ‘ठाउँठाउँमा प्रहरीले सचेतनामूलक कार्ड देखाएको छ।’





