श्रावण ६ काठमाडौ । ३८ औं वि पि स्मृति दिवसमा नेपाली काँग्रेस (वी . पी.) को केन्द्रिय समितिले ले आफ्नो केन्द्रिय कार्यालय गोङबु आवासीय क्षेत्र सामाखुसीमा ” वर्तमानमा वि पि विचारको सान्दर्भिकता ” विषयमा पार्टीका सभापति हरिबोल भट्टराईको सभापतित्वमा सम्पन्न भएकाे थियाे । साे कार्यक्रमका प्रमुख अतिथि रहनु भएका नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सांसद प्रदिप गिरिले नेपाली काँग्रेसले उदारीकरणको नाममा वी पी को समाजवादी नीति छोडेकोले नेपाली काँग्रेसलाई वी पी वादी भन्न पनि लाज भएको बताए।
कार्यक्रमका प्रमुख अतिथि प्रदीप गिरिले राष्ट्रपतिले प्रधानमन्त्रीको निर्णयमा कलमको मसि सुक्न नपाउदै निर्णय गर्ने गरेको भन्दै राष्ट्रपतिको भुमिका माथी प्रश्न चिन्ह खडा भएको बताउनु भयो । नेकपाले प्रधानमन्त्रीको भुमिकामा संसदमा राजीनामा माग्न नसकेर टुलिखेलमा दुई सय संसदहरु जम्मा गरेर केही नहुने बताउदै नेकपाले प्रधानमन्त्रीको राजीनामा मागेको केटाकेटी खेल भएको बताउनु भयो । साथै नेपाली काँग्रेसले संसदमा सरकारको गलत क्रियाकलापमा केही बोल्न नसकेर निरीह व्यहार देखाएको बताउनु भयो । नेपाली काँग्रेसले निजीकरणको नाममा समाजवादी नीति भुल्यकोले नेपाली काँग्रेसलाई विपिवादि भन्न पनि लाज हुने भैसकेको बताउनु भयो ।
नेपाली काँग्रेसले गणतन्त्र धर्मनिरपेक्षता र संघियतामा विधिपुर्वक नगएको र आम नागरिक तथा नेपाली काँग्रेसमा राजसंस्था हिन्दू राष्ट्र र संघियता विरोधिको सङ्ख्या केन्द्रीय समिति देखि तल सम्म बढी रहेको बताउदै आफु भने गणतन्त्रवादी भयो बताउनु भयो । नेपाली काँग्रेसले वि पिको सिद्धान्त भुलेको सत्य हो । त्यसैले तपाईंहरु अलक हुनु भएको हो । तर अहिले संविधान संकटमा छ तपाईंहरु र धेरै जनता नस्विकारेको संविधान मात्र जादैन देश नै गम्भीरतामा छ । यसमा सम्पूर्ण प्रजातन्त्रवादीहरुले सोच्नुपर्छ । नेपाली काँग्रेसले राप्रपाका सुनिल थापाहरुलाई समेत लिग्ने तयारी गर्दा तपाईहरु लाचार भएर नजानुहोस आफ्नो अडान र सिद्धान्तमा अडिक रहनुहोस तर प्रजातान्त्रिक शक्तिहरु राजसपा , विवेकशील, साझा र राजनीतिबाट अलक भएका युवाहरू समेटदै प्रजातान्त्रिक मोर्चा बनाउनु आवश्यक भएको बताउनु भयो । गिरिले गिरिजाप्रसाद कोइरालाले पनि अन्तिम समय सम्म बेबि किङ्ग भनुभएको र तत्कालीन अवस्थामा भारतका विपक्षी दल भाजपाका नेता अटल विहारी बाजपेयिले लिखित पत्र पठाएर राजसंस्था जादैन तपाईं संरक्षक बस्नुहोस भनेर त्यो चिठी प्रभाकर सम्सेर राणालाई पठाउदा ज्ञानेन्द्रले हपारेको प्रशङ्गको पनि व्याख्य गर्नु भयो ।
कार्यक्रममा नेकपा मालेका पोलिट व्यरो सदस्य कुमार श्रेष्ठ, नेकपा सयुक्तका सचिवालय सदस्य मधु वी सि मल्ल, नेपाल प्रजातान्त्रिक पार्टीका राजेश्वर श्रेष्ठ, सर्वहारा कम्नियुष्ट माओवादीको भावना विद्रोही, समाजवादी पार्टीका प्रतिनिधि तथा अध्यक्षहरुले वि पिको समाजवादको चर्चा गरेका थिए ।
कार्यक्रममा नेकपा मालेका पोलिट ब्यूरो सदस्य श्रेष्ठले नेपाली काँग्रेसले वि पि विचार छोडेकोले अबको वि पि वादी पार्टी भनेको नै नेपाली काँग्रेस (वी पी) भएको र जनताले यसैलाई साथ दिनुपर्ने र दिन्छन् भन्ने विश्वास लिगेको बताउनु भयो ।
नेपाली काँग्रेस (वी . पी.) का पार्टी सभापति हरिबोल भट्टराईले संसदको अधिवेशन अन्त्य गर्दा संविधानको मर्म विपरीत जादा नेपाली काँग्रेस निरीह भएको बताउनु भयो । उहाँले सरकार संसदको अधिवेशन अन्त्य गर्दा राष्ट्रिय सभा बैठक चली रहदा अन्त्य गरेको भन्दै नेकपाको सरकार तनाशाह प्रवृत्तितिर अगाडि बढेको भन्दै सरकारलाई खबरदारी गर्नु पर्ने बेला आएको बताउनु भयो । भट्टराईले सरकार यसैगरी तनाशाह प्रवृत्तितिर जादै गर्दा नेपाली काँग्रेस कहाँ छ भनेर प्रश्न गर्दै वि पिको विचार सहित देश परिवर्तनमा आफ्नो पार्टी लागि पर्ने बताउनु भयो । आफुहरु नेपाली काँग्रेस सित मिल्ने कुरा नरहेको भन्दै आफुहरु पदको भोगी नभएको र नेपाली काँग्रेसले वि पि विचार छोडी संघियता गणतन्त्र र धर्म निरपेक्षतामा गएकोले उनीहरुलाई वि पि स्मृति र जयन्ती मनाउने अधिकार नभएको भन्दै नेपाली काँग्रेस वि पिको सिद्धान्तमा आउन नसक्ने र त्यही कारण आफ्नो पार्टी एकीकरण हुन नसक्ने बताउनु हुँदै वि पिको समाजवादको चर्चा गर्नु भयो ।
साथै कार्यक्रममा आधा दर्जन युवाहरू पार्टी प्रवेश पनि गरेका थिए ।






