बालसिर्जना संवाददाता ३ भदौ २०७८, बिहीवार

 

पूर्वप्रधानसेनापति रूक्माङ्गद कटवालले ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ सुरु गरेका छन् । ललितपुरको एकान्तकुनास्थित अभियानको केन्द्रीय कार्यालयमा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कटवालले यो अभियान प्रारम्भ गरेका हुन् ।

‘नेपालमा सबैलाई जोड्ने संस्कृति भनेकै हिन्दू संस्कृति हो । यसै भावलाई अर्थात हिन्दुत्वको स्वाभिमानलाई प्रत्येक नागरिकका मनमनमा जागरण गर्नु यस अभियानको उद्देश्य हो,’ कटवालले भने ।

हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह–संघचालक रहेका पूर्वएआईजी कल्याण कुमार तिम्सिनाले यो अभियान एउटा सामाजिक अभियानका रुपमा अघि बढ्ने बताए ।

कार्यक्रममा बोल्दै वक्ता देवेश झाले जनमानसले गौरवशाली संस्कृतिको स्वाभिमान बिर्सँदा समाजमा विकृति मौलाइरहेको जिकिर गरे ।

जुम प्रविधिमार्फत कार्यक्रममा देशभरका १ हजार कार्यकर्ता तथा शुभचिन्तकलाई जोडिएको अभियानले जनाएको छ ।

Top