बालसिर्जना संवाददाता १८ असोज २०७८, सोमवार

 

पूर्व सांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई सोमबार पक्राउ गरेको हो । तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।

सिआइबीका डिआइजी धिरजप्रताप सिंहका अनुसार निक्षेपकर्ताको रकम हिनामिना र ठगीको आरोपमा तामाङलाई सोमबार सुन्धाराबाट पक्राउ गरिएको हो । सिआइबीका अनुसार हालसम्म ४४ करोडभन्दा बढी रकम ठगी र हिनामिना भएको उजुरी प्राप्त भएपछि तामाङलाई पक्राउ गरिएको हो ।

रातोपाटी 

Top