नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछिमात्र नागरिकता ः नेकपाको निर्णय
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि अंगिकृत नागरिकता दिने निर्णय गरेको छ। बालुवाटारमा शनिबार बसेको बैठकले उक्त निर्णय गरेको सचिवालय सदस्यसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘आजको बैठकमा संसदमा विचाराधीन रहेको नागरिकता विधेयकको कतिपय प्रावधानहरूको बारेमा छलफल भयो,’...बाँकी

