काठमाडौ । नेपाली काँग्रेस (वी.पी.) ले राष्ट्रघाती एमसिसिका बुदाँ सम्सोधन, भ्रष्टाचारिलाई कारबाही, पिसिआरलाई तिव्रता, आरडिटी बन्द जस्ता माग राख्दै चरण आन्दोलन गर्दै आएको थियो ।
बुधबार साझ नेपाली काँग्रेस (वी. पी.) ले सरकारले आफ्नोतर्फबाट जनताको माग राखिएकोमा सरकारले नसुनेको भन्दै वानेश्वर स्थित संसद भवनको निशेधित क्षेत्र नारा जुलुस सहित तोडेको छ ।
राष्ट्रघाती एमसिसी सम्झौता गर्दा पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षदलका नेता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना पूर्व अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई पदीय बिपरित गर्न लगाएको र नेपालका मन्त्रीले एमसिसिको कार्यकारिणी अधिकृतसग सम्झौता गरेकोले कुटनीतिक मर्यादा बिपरित उक्त सम्झौता खारेज गर्दै एमसिसिमा भएका राष्ट्रघाती बुदाँहरु सम्शोधन हुनुपर्ने माग पार्टीले राख्दै निशेधित क्षेत्र तोडेको हो ।
नेपाली काँग्रेस (वी. पी.) ले सरकार र प्रतिपक्ष दल राष्ट्रघाती एमसिसी, भ्रष्टाचार, अनियमित लगाएतमा एक भै हातेमालो गरेर अगाडि बढेको भन्दै प्रतिपक्ष दलका नेता तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलिको सयुक्त पुत्ला दहन पनि वानेश्वरको निशेधित क्षेत्र तोड्दै वानेश्वर चोकमा पुत्ला दहन गरेको छ ।
पार्टीले ओली देउवा मुर्दावाद, एमसिसी खारेज गर, भारतीय सेना फिर्ता गर, भ्रष्टाचारीलाई कारबाही गर, पिसिआरलाई तिव्रता दे, आरडिटी बन्द गर लगायतका नारा लगाएका थिए ।
नेपाली काँग्रेसले विपि विचार छोडेको र नेपाली जनताले नरुचाएको नेपालमा नसुहाउदो व्यवस्था गणतन्त्र, संघीयता र धर्म निरपेक्षतामा गएको भन्दै २०७४ सालमा भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्धामा काँग्रेसका पुराना तथा त्यागी नेताहरुले हरिबोल भट्टराईको सभापतित्वमा नेपाली काँग्रेस (वी. पी.) नामको पार्टी घोषणा गरेका थिए ।
शान्ति पुर्ण पुत्ला दहन कार्यमा पार्टीका केन्द्रिय सदस्य तथा तरुण दल केन्द्रिय सयोजक प्रधुम्न कार्की र नेविसंघ नुवाकोट जिल्ला अध्यक्ष सुशीलराज वाग्लेलाई प्रहरीले गिरफ्तार गरि महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा राखको थियो ।






