सबैको घरमा हुन्छन फूल राम्रो राम्रो
नेपालको राष्ट्रिय फूल लालीगुराँस हाम्रो ।
हेर्दा निकै राम्रा लाग्छ सबै फूल मलाई
भगवानको पूजा गर्न चाहिन्छ हामीलाई।
फूलको कोपिला टिप्न हुन्न कसैले
असल बानी बसालौं हामी सबैले ।
फूल नहिँडे पनि सास फेर्न सक्छन्
उनीहरुले पातबाट खाना बनाइ खान्छन् ।
फूलहरुले जराबाट पानी लिने गर्छन्
धेरै पानी नहाँलौं है फेरी विरुवा मर्छन् ।
फूल जस्तै राम्रो राम्रो हामी बनौं है
नटिपौं फूल भनी सबैलाइ भनौं है ।
रुवस पराजुली
कक्षा २
जी एस निकेतन मावि हेटौंडा, मकवानपुर






