बालसिर्जना संवाददाता ३१ जेठ २०७७, शनिवार

 

प्रतिनिधिसभाबाट लिम्पियाधुरासहितको नक्सा पारित भएसँगै भारतको प्रतिक्रिया आएको छ । भारतले नेपालको निर्णय स्वीकार्य नहुने प्रतिक्रिया दिएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै नेपालको निर्णय ऐतिहासिक तथ्य वा प्रमाणमा आधारित नरहेको दाबी गरेका छन् ।

‘नेपालको प्रतिनिधिसभाले भारतीय भूभाग समावेश हुने गरी  नेपालको नक्सा परिवर्तन गर्दै संविधान संशोधन विधेयक पारित गरेको हामीलाई जानकारीमा आएको छ । यसबारे हामीले आफ्नो अडान पहिल्यै प्रस्ट पारिसकेका छौं ।

कृतिम विस्तारको यो दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित र स्वीकार्य छैन । यसले विद्यमान सीमा समस्याबारे वार्ता गर्ने हाम्रो वर्तमान बुझाईलाई पनि उल्लंघन गरेको छ,’ विज्ञप्तिमा भनिएको छ । लिम्पियाधुरासहितको भूभाग समावेश गरेर सरकारले सार्वजनिक गरेको नक्सालाई  शनिबार नेपालको प्रतिनिधिसभाले परित गरेको थियो ।

 

Top