बालसिर्जना संवाददाता, सागर रेग्मी ३ साउन २०७७, शनिवार

 

कालीगण्डकी करिडोर अन्तर्गत बेनी जोमसोम कोरला खण्डको पहिलो प्रिस्टिज मोटरेवल पुल दाना घट्टेखोला म्याग्दीमा सम्पन्न भएको छ ।
२०७२÷०७३ मा आरम्भ भएको सो आयोजनाको निर्माण ठेक्का फेवा नयाँबाटो जेभीले पाएको थियो । भ्याट बाहेक जम्मा ठेक्का बाहेक रकम रु पाँच करोड एक लाख रहेको सो पुलको निर्माण २०७७ बैशाख ७ गते सम्पन्न भएको हो ।


४० मिटर लम्बाइ र चौडाइ ११ मिटर रहेको पुल म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ३ (साविक दाना गाविस ३) मा पर्दछ ।
अन्तिम ढलान हुन बाँकी रहेका बेला एक वर्ष ागाडी बाढीले बगाएर पूर्ण रुपमा क्षति बनाएको यो पुलको निर्मान २०७६ असोजदेखि पुन आरम्भ भई २०७७ वैशाखमा सम्पन्न भएको हो ।

Top