बालसिर्जना संवाददाता १३ साउन २०७७, मंगलवार

 

१३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका पूर्वमन्त्री सुनीलबहादुर थापा नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन् । उनी आफ्नो समूहसहित कांग्रेस प्रवेश गर्ने भएका हुन् । मंगलबार तीन बजे सानेपामा पार्टी प्रवेश कार्यक्रम राखिएको छ ।

थापासहित ३० जनाले केही दिन पहिले मात्र राप्रपाको जिम्मेवारीबाट सामूहिक राजीनामा दिएका थिए ।

स्रोतका अनुसार कांग्रेसमा थापालाई पदाधिकारी बनाइनेछ भने केहीलाई केन्द्रीय सदस्य बनाउने सहमति भएको छ ।

थापाले राप्रपामा महामन्त्री भएकाले त्यही पद पाउनुपर्ने माग राखेका थिए । तर, सहमहामन्त्री बनाउने सम्भावना रहेको कांग्रेस स्रोतले जनाएकाे छ ।

यस्तै थापाले आफूसँगै कांग्रेस प्रवेश गर्ने १३ जनालाई पार्टी केन्द्रीय सदस्य बनाउनुपर्ने माग गरेका थिए । तर, तीनदेखि पाँचजनालाई केन्द्रीय सदस्य बनाएर अरुलाई अन्य जिम्मेवारी दिइने देउवा निकट एक नेताले बताए ।

राप्रपामा पहिरो ?

सुरुमा थापासहित ३० जना नेता कार्यकर्ताले राप्रपाबाट संयुक्त राजीनामाको घोषणा गरेपछि मालीगाउँस्थित थापानिवासमा आइतबारदेखि भिडभाड बढेको छ ।

राप्रपाबाट दिक्क भएका अरु पनि नेता कार्यकर्ताहरुले पार्टी छाड्ने प्रतिवद्धता जनाएको स्रोतले बतायो ।

दोस्रो चरणमा राप्रपा परित्याग गर्नेहरुमा मोरङका रामकृष्ण भट्टराई, अशोक मिश्र, गोपाल बहादुर दाहाल, गोपाल खड्का गुरुप्रसाद सञ्जेल कृष्णबहादुर भट्टराई, रामकृष्ण सुवेदी, देवी प्रसाद प्रसाई मोहम्मद शैलुन मिया, अनन्त भट्टराई, लक्ष्मण थापा ठहर सिंह दाहाल, लिलमबहादुर भट्टराई र रुद्रबहादुर कार्की छन् ।

त्यसैगरी डा. सुरेश बस्नेत (भोजपुर), प्रतिमा राणा क्षेत्री (रुपन्देही), उर्किन शेर्पा (सिन्धुपाल्चोक), टंक उप्रेती (झापा), प्रताप पाख्रिन (पर्सा), केदार कार्की (रामेछाप) राजकुमार तामाङ भोजपुर लगायतका नेता कार्यकर्ताहरुले राप्रपा परित्याग गर्ने प्रतिवद्धता जनाएको स्रोतले बतायो ।

Top