बालसिर्जना संवाददाता ४ कात्तिक २०७९, शुक्रवार

 

४ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे १० लाख रुपैयाँसहित डिल्लीबजार मालपोत कार्यालयका कार्यालय सहयोगी होमप्रसाद खतिवडालाई  पक्राउ गरेको छ ।

मोही लगत कट्टा गर्न सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस माग गरेको सूचनाको आधारमा पुगेको अख्तियारको टोलीले खतिवडालाई पक्राउ गरेको हो ।

खतिवडाको खानतलासी गर्दा स्रोत नखुलेको तीन लाख १८ हजार ६०० रुपैयाँ र ७ लाख ५० हजार रुपैयाँको दुईवटा चेक फेला परेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

Top