असार २२ गते त्रिवि सभाको आयोजना गरिएकाले त्यसका लागि ताला खोलिएको संघले जनाएको छ । संघका अध्यक्ष गोकुल लिम्बु, सहअध्यक्ष राजेन्द्र आचार्य र महासचिव बैकुण्ठ थापाले ताला खुलाएका हुन् । संघले जेठ ३० गते ताला लगाएको थियो ।
जेठ १४ गते नेविसंघबाट निर्वाचित स्ववियु अध्यक्षहरुले लगाएको ताला भने खोलिएको छ । आंशिक प्राध्यापक संघले त्रिविले विद्यावारिधि गरेर अनुसन्धानमा सक्रियलाई अन्तर्वार्ताबाट उपप्राध्यापक, सहप्राध्यापक र प्राध्यापक नियुक्ति गर्ने प्रक्रिया फास्ट ट्र्याक विधिमा अघि बढाएपछि असन्तुष्टि राख्दै ताला लगाएको थियो ।