बालसिर्जना संवाददाता २० असार २०८२, शुक्रवार

 

२० असार, काठमाडाैं । सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयकबारे चासो राखेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई भेटेर सभामुख घिमिरेले चासो राखेका हुन् । 

‘सभामुखले शिक्षा विधेयक कहिले आउँछ भनेर सोध्नुभयो, यही महिनामा आउँछ भनेको छु,’ मन्त्री पन्तले भने । शिक्षा, विज्ञान तथा प्रविधि समितिमा विधेयक रोकेर मन्त्री पन्तले शिक्षक महासंघसँग छलफल गरिरहेका छन् । 

विधेयकमाथि छलफल गर्न समिति बैठक  २२ असारमा बोलाइएको छ  ।  समिति सभापति अम्मरबहादुर थापाले पर्सी पास गर्नेगरी बैठक बोलाइएको बताएका छन् । 

सभामुख घिमिरेसँगको भेटमा मन्त्री पन्तले तिलगंगा नेत्र विज्ञान विश्वविद्यालय सम्बन्धि विद्येयक अगाडी बढाउने विषयमा पनि छलफल भएको छ ।

Top