बालसिर्जना संवाददाता ३२ जेठ २०७७, आइतवार

 

सरकारले सोमबार (भोलि) देखि विद्यालय तहका विद्यार्थीलाई वैकल्पिक विधिबाट पठनपाठन सुरू गर्दैछ।

शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र श्रव्यदृश्य शाखा सानोठिमी भक्तपुरका अनुसार टिभी, रेडियो, इन्टरनेट, एफएमलगायतबाट पठनपाठन सुरू गर्न लागिएको हो।

कोरोनाभाइरस महामारी रहेको, दिनहुँ संक्रमित संख्या वृद्धि भइरहेको र विद्यालयमा क्वारेन्टिन रहेकोले तत्कालका लागि वैकल्पिक विधिबाट विद्यार्थीलाई पठनपाठन गर्न लागिएको हो।

विद्यार्थीलाई विभिन्न टिभी च्यानल, रेडियो नेपाल, कान्तिपुर एफएमलगायतबाट विषयगत रूपमा पठनपाठन गर्ने व्यवस्था मिलाइएको छ।

इन्टरनेट पहुँच हुने विद्यार्थीले युट्युबबाट पनि पठनपाठनका सामग्री हेर्न, पढ्न र सुन्न सक्छन्।केन्द्रका निर्देशक माधवप्रसाद दाहालका अनुसार समय निर्धारण गरेर टिभी, रेडियोबाट पठनपाठनको व्यवस्था मिलाइएको छ।

कुन टिभीबाट कुन बेला कुन विषयको पठनपाठन हुन्छ भन्ने जानकारी प्रदेश, जिल्ला र स्थानीय तहमा पठाइसकिएको छ। वैकल्पिक सिकाइ कार्यलाई निरन्तरता दिन श्रव्यदृश्य पाठ प्रसारण समय तालिका बनाइएको हो। असार १ देखि ३१ गतेसम्म एक महिनाका लागि वैकल्पिक विधिबाट विद्यार्थीलाई पढाइन्छ।

कक्षा १ देखि ८ सम्म आधारभूत तहका विद्यार्थीलाई विषयगत रूपमा सोमबारदेखि एनटिभी प्लस च्यानलबाट पढाइ सुरू हुन्छ।

Top