३२ जेठ, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक फेरि स्थगित भएको छ ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)बारे छलफल गर्न आइतबार अपराह्न ४ बजे बैठक बोलाइएको थियो । तर अन्तिम समयमा स्थगित भएको हो ।
तोकिएको समय भन्दा एक घण्टाअघि मात्र बैठक स्थगितको खबरले कतिपय सचिवालय सदस्यहरु नै आश्चर्यमा परेका छन् । एमसीसीलाई स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा नेकपाभित्र मतभेद छ ।