बालसिर्जना संवाददाता २ असार २०७७, मंगलवार

 

२ असार, काठमाडौं । पाल्पा जिल्लामा आज मात्रै थप १० जना व्यक्तिमा कोरोना संक्रमित थपिएका छन् । जिल्लाको पूर्वी भूभागमा पर्ने पूर्वखोलाका वडा नं १, २, ३ र ४ नं वडाका पुरुषमा संक्रमण देखापरेको हो ।
प्रदेश नं ५ को प्रदेश प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा १० जनामा थप कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभएको हो । उहाँका अनुसार संक्रमित हुनेको उमेर १८ देखि ४७ वर्ष रहेको छ । संक्रमित भएकामध्ये जनकल्याण आधारभूत विद्यालय वीरकोटको क्वारेन्टिनमा २ जना र शम्भु मावि जाल्पाको क्वारेन्टिनमा ८ जना रहेका छन् । संक्रमण देखिएसँगै उनीहरुलाई आइसोलेसनमा राख्ने तयारी भएको जनाइएको छ । पछिल्लो तथ्यांक अनुुसार पाल्पामा हालसम्म संक्रमितको संख्या ५० पुगेको छ ।

Top