बालसिर्जना संवाददाता ४ असार २०७७, बिहीवार

 

स्वास्थ्य मन्त्रालयकाे नियमित जारी गरिने सूचना अनुसार काेराेना संक्रमितको संख्या ७८४८ पुगेको छ । ती मध्ये २२ जनाको मृत्यु भएको छ भने ११८६ जना डिस्चार्ज भएका छन् ।

तथ्यांकमा काेराेना – नेपाल

पीसीआर१५५५१८
आरडीटी२३४०७५
आइसोलेसनमा६६४०
संक्रमित७८४८
निको भएको११८६
मृत्यु२२
क्वारेन्टिनमा१२६२१५
स्राेतका अनुसार काठमाडौं उपत्यकामा ६ जना संक्रमित थपिएका छन् । उनीहरु मध्ये ३ जना भक्तपुर, २ जना काठमाडौं र एक जना ललितपुरका छन् ।भक्तपुर व्यासीका २४ वर्षका पुरुष, टीकाथलीका ५० वर्षका पुरुष  र भक्तपुर नगरपालिका- १६ का २२ वर्षका पुरुषमा कोभिड-१९ पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । यस्तै काठमाडौंको कपन बालुवाखानीका ४५ वर्षका पुरुष र काठमाडौं तीनकुनेकी ३४ वर्षकी महिलामा पनि संक्रमण पुष्टि भएको छ भने ललितपुरका संक्रमितबारे केही खुलेको छैन ।

अन्यत्र कति थपिए ?

सबैभन्दा धेरै अर्घाखाँचीमा ९७ संक्रमित भेटिएका छन् । डडेलधुराका ८४, दैलेखका ९४, अछामका ४४, बाजुराका ४१, कैलालीका ४२, रोल्पाका ३५, सुर्खेतका ३४, नवलपुरका ३२, धनुषाका २९, बैतडीका २५, कपिलवस्तुका १७, रुपन्देहीका १२ र गोरखाका ११ जनामा पनि संक्रमण पुष्टि भएको छ । यस्तै स्याङ्जाका ९ जना, पाल्पाका ६, तनहुँ र पर्वतका ५/५ जना, पर्वत र दाङका ४/४ जना, बाँके, बर्दिया र गुल्मीका ३/३ जना, नुवाकोट, बझाङ, कञ्चनपुर, झापा र सर्लाहीका २/२ जना तथा मोरङ, नवलपरासी, महोत्तरी, सिन्धुपाल्चोक, सिन्धुली, चितवन, बाग्लुङ, र मनाङका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

Top