बालसिर्जना संवाददाता १५ भदौ २०७९, बुधवार

 

स्याङ्जा भदाै १५ ।  स्याङ्जा जिल्लाकाे रमणीय स्थल  करेण्डाँडामा तीज  तीज कार्यक्रमकाे अायाेजना गरिएकाे छ । पुतलीबजार नगरपालिका ११ मा पर्ने करेण्डाँडामा धेरै वर्ष अगाडिदेखि तीज कार्यक्रम मनाइँदै अाएकाे छ ।  नेपाली महिलाहरुको महान् पर्व हरितालिका तिजका अवसरमा पुतलीबजार नगरपालिका ११ को स्थानीय करेण्डाँडा युवा क्लबको आयोजनामा तिज उत्सब सम्पन्न हुँदै अाएकाे छ । सधैँ जस्ताे यस वर्ष पनि कार्यक्रममा घैटो फुटाउने, नृत्य र कुर्चि दौड तथा तीज गित प्रतियोगिता सम्पन्न भएको छ ।

तीज उत्सबकाे उद्घाटन नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले गरेका िथए । श्रेष्ठले हिन्दु धर्मालम्बीहरुले  मनाउँदै आएको तिज पछिल्लो समय नेपाली महिलाहरुको साझा पर्वका रुपमा विकसित बन्दै गएको बताए । विशेष गरी नेपाली महिलाहरुले याे पर्वलाइृ प्राथमिकतामा राखेर मनाउँदै अाएका छन् । धर्म, संस्कृति र परम्पराकाे संरक्षणमा नेपालीहरु एकजुट हुनुपर्नेमा श्रेष्ठले जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका शिक्षा तथा सामाजिक विकास मन्त्री एवम् काँग्रेस नेता मेखलाल श्रेष्ठले धर्मका नाममा हुने विभेदको अन्त्य गर्दै सम्मुन्नत समाज निर्माण सरकारले सक्दो काम गरेको बताए । प्रदेश सरकारले सबै धर्ममा आस्थावानहरुको समुचित विकासमा ध्यान दिएको समेत उनले बताए ।

प्रतियोगितामा विश्वशान्ति आमा समूह र चक्रदेबी आमा समूह उत्कृष्ट भएका थिए । प्रतियोगितामा उत्कृष्ट टिम तथा समूहलाई नगद र प्रमाण–पत्र प्रदान गरिएको थियो । सो अवसरमा मृगौला रोगी बागमती गुरुङलाई आयोजकले उपचारार्थ १० हजार नगद समेत सययोग गरेका थिए ।

करेण्डाँडा युवा क्लबका अध्यक्ष बिशाल पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्लबका सचिव रामकृष्ण सापकोटाले गरेका थिए । कार्यक्रममा उपस्थित अतिथिहरुलाइृ क्लबका उपाध्यक्ष बिक्रम पराजुलीले स्वागत मन्तब्य राखेका िथए । विगत वर्षदेखि क्लबले स्थानीयस्तरमा विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ । तिजका अवसरमा लामो समयदेखि क्लबले प्रतियोगितालाई निरन्तर संचालन गर्दै आएको क्लबका अध्यक्ष पराजुलीले जानकारी दिए ।

Top