सूचना तथा सञ्चार प्रविधि भन्नाले सञ्चार अर्थात सूचनाको आदान प्रदान गर्ने प्रक्रियामा आधुनिक रुपमा विकसित भएका प्रविधिहरुलाई प्रयोगमा ल्याउनु हो। वर्तमान समयमा कोरोना माहामारी विश्वव्यापी रुपमा फैलिदै गएको अवस्थामा शिक्षण सिकाई गर्न सूचना तथा सञ्चार प्रविधिको आवश्यकता, प्रयोग र विस्तार बढ्दै गएको छ। “विश्व” ज्ञानमा आधारित विश्वव्यापीकरणको पथमा अगाडि बढीरहेको छ। मानिसले प्राप्त गर्ने सूचनाहरु सबै सधैँ प्राथमिक स्रोतबाट मात्र प्राप्त गर्दैन उसले द्बितिय स्रोतबाट पनि महत्त्वपूर्ण सूचनाहरु प्राप्त गर्दछ। कतिपय कुराहरु हामीले प्रत्यक्ष सम्पर्कबाट सिकेका हुन्छौँ। यस्तो तरिकाबाट प्राप्त ज्ञानलाई प्राथमिक स्रोतबाट प्राप्त सूचनाबाट निर्मित ज्ञानको रुपमा उल्लेख गर्न सक्छौँ। हामीले प्राप्त गरेको ज्ञानका कतिपय कुराहरु अप्रत्यक्ष वा द्बितीय स्रोतबाट प्राप्त सूचनामा आधारित हुने गर्दछ।

आवश्यकता

वर्तमान समयमा शिक्षण सिकाई गर्न सूचना तथा सञ्चार प्रविधि एउटा आवश्यक अनिवार्य पक्षको रुपमा देखा परिसकेको छ।

शिक्षा क्षेत्रमा यसको आवश्यकताः

शिक्षण सिकाईमा वैकल्पिक प्रणालीबाट सबैको पहुँच र विस्तार गर्न।

शिक्षामा सक्षमता र गुणस्तर कायम गर्न।

शिक्षण सिकाईमा प्रभावकारिता बढाउन।

समयअनुसार दक्ष,सीपयुक्त, प्रविधिमूखि जनशक्ति उत्पादन गर्न।

सूचना प्रविधिमा पहुँच पुग्ने र नपुग्नेका बिचको अन्तर घटाउन।

सिकाईमा बालबालिकाहरुलाई निरन्तर क्रियाशिल राख्न।

ज्ञानको दायरा फराकिलो बनाउन ।

 

सूचना तथा सञ्चारको प्रयोग

सिकारुहरुले स्वअध्ययन गरी आत्मोन्नति गर्न।

विभिन्न क्षत्रेमा विकसित हुँदै गएका ज्ञानका सम्बन्धमा तत्कालै जानकारी लिन र दिन।

व्यापार र व्यवसाय विस्तार गर्न।

स्वास्थय क्षेत्रमा व्यापक जनचेतना अभिवृदि गर्ने।

स्वास्थय र शिक्षालाई सँगसँगै लैजान्।

मेडिकल क्षेत्रमा काम गर्दा आएका समस्याहरु समाधान गर्न।

विश्वसञ्जालमा रहेर सिकाई गर्न।

नयाँ नयाँ शिक्षण विधि र नयाँ विषयवस्तुको खोज गर्न।

सूचना तथा सञ्चार प्रविधिको विकास

सामान्य प्रविधिः

सन् १८४९मा फोटोग्राफीको आविष्कार भयो।

सन् १९००मा फोटोस्टाटको आविष्कार भयो।

सन् १९६०मा लेजर टेक्नोलोजीको विकास भयो।

स्याटेलाइट प्रविधिः

सन् १८७६मा टेलिफोनको आविष्कार भयो।

सन् १८९५मा रेडियोको आविष्कार भयो।

सन् १९२५मा टेलिभिजनको आविष्कार भयो।

सन् १९५७ देखि थप शत्तिशाली प्रविधिहरुको विकास त्रमशः भइरहेको छ।

सूचना प्रविधिको प्रयोगमा देखा परेका समस्याहरुः

सबै ठाउँमा पर्याप्त विधुत जस्तो आधारभूत पूर्वाधार सुविधा अझै पनि नहुनु।

पर्याप्त सूचना तथा सञ्चारमूखि वजेटको अभाव हुनु।

सीपयुक्त, दक्ष, कुशल, प्रविधिमैत्री जनशक्त्तिको अभाव हुनु।

सबै ठाउँमा प्रयाप्त नेटवर्क कनेक्टिभिटी नहुनु।

कम्प्युटर ल्याबको ठीक व्यवस्था गर्न नसक्नु।

सूचना तथा सञ्चार प्रविधिको ज्ञान र प्रयोगको लागि सुधार गर्नुपर्ने र रण्नीतिहरु

आवश्यक पूर्वाधार तयार गरी सूचना तथा सञ्चार प्रविधिलाई सबै तहका शिक्षाको निम्ति अनुकुल सिकाई मैत्री वातावरणको विकास गर्ने।

दृश्य तथा श्रवण सुस्तता भएका बालबालिकाको आवश्यकता अनुकुल प्रविधिमैत्री शिक्षण सिकाई सामग्री विकास।

शिक्षक तथा विद्यार्थीकालागि विषयगत रुपमा प्रविधिमुखि विद्युतीय स्रोतको विकास र तीनको भण्डारणको व्यवस्था गर्ने।

नमुना विद्यालयहरुमा सुधारिएको शिक्षण सिकाई प्रक्रिया सहित सूचना तथा सञ्चार प्रविधिमैत्री सिकाई केन्द्र स्थापना गर्ने।

सबै तहको पाठ्यक्रममा सूचना तथा सञ्चार प्रविधिको समायोजन गर्ने।

अनलाईन तथा अफलाईन तालिम कोर्स र सामग्री विकास गर्ने।

पोर्टल, वेबसाइट तथा विद्युतीय पुस्तकालय विकास गर्ने।

शिक्षकतथा अभिभावकहरुलाई शिक्षण सिकाईका क्रममा सूचना तथा सञ्चार माध्यमको प्रयोगको लागि क्षमता विकास गर्ने।

शैक्षिक व्यवस्थापन सूचना प्रणाली सुदृढ गरेर, सूचना तथा सञ्चार प्रविधिको प्रयोग बढाएर, एकीकृत सफ्टवेयर स्थापना गरेर, कम्प्युटराइज्ड लेखा प्रणाली विकसित गरी विद्यालय प्रशासन, शिक्षण सिकाई प्रक्रिया, वैकल्पिक शिक्षा तथा शैक्षिक व्यवस्थापन सुदृढ गर्ने।

नामः राजदेव यादव

 पदः शाखा अधिकृत

कार्यालयः शिक्षा विकास तथा समन्वय इकाई, धनुषा।  

Top