बालसिर्जना संवाददाता २८ असार २०७७, आइतवार

 

आज भोलि संसारमा के के अनौठो घटना घटिरहेको छ । जुन घटनाहरु सोच्न पनि नसकिने अवस्थामा छन् । यता हे¥यो मान्छेहरु रोइरहेका छन् । कतै रोगी बनेर दुखित जीवन बिताइरहेका छन् भने कतै सवारी घटनाले भने कतै बाढी पहिरो जस्ता घटनाले कैयौ मानिसको अकालमा ज्यान गएको छ । कोही कोही भन्छन् यो त प्रकृतिको सजाय हो । जब कसै कसैले यस्ता कुराहरु एक आपसमा गरेको अनुभूति भयो मलाई यस विषयमा जान्न निकै उत्सुकता लाग्यो । के प्रकृति साह्रै रिसाएकै हो त । रिसाएको हो भने किन ? यस्ता प्रश्नहरु मेरो मनमा निकै खेल्न थाले । प्रकृति र मेरो सम्बन्ध छ भन्ने सवालहरुको निकै खोजी गर्न मन लाग्यो र मैले प्रकृतिको बारेमा खोज गर्न थालें ।
प्रकृतिमा धेरै अचम्म कुराहरु छन् । प्रकृति र मानिसको सम्बन्ध नङ र मासुको जस्तै रहेछ । प्रकृतिमा बसोवास गर्ने प्राणीहरुको एक अर्कासँग निकै ठूलो सम्बन्ध रहेछ । सूर्यले हामीलाई ताप, प्रकाश दिन्छ । यो प्रकाशले हामीलाई मात्र नभएर प्रकृतिमा रहेका जीवजनावर र बोटबिरुवालाई पनि उम्रन, हुर्कन सहयोग गर्छ । हामी पनि यिनै प्रकृतिमा भएको बोटविरुवामा निर्भर छौं । खाना र अक्सिजन सबै बोटविरुवाबाट नै पाउँछौं भने हामीबाट कार्वनडाइअक्साइड बोटबिरुवाले पनि पाउँछन् । जसले गर्दा उनीहरुलाई खाना बनाउन सहयोग गर्छ । प्रकृतिका उपजहरु हावा र पानी पनि निकै महत्त्वपूर्ण कुराहरु हुन् । मैले प्रकृति र हामी मानिसको सम्बन्धको मात्रै खाजी गरिन । हामीसँग प्रकृति किन यति रिसाइरहेको छ भन्ने कुराको पनि जानकारी पाउन निकै मन लाग्यो ।
हामी जथाभावी निकै प्रदूषण गरिरहेका छौं । बोटविरुवालाई पनि जथाभावी काटेर हानी पु¥याई रहेका छौं । प्रकृतिको काखमा रमाएका जीव जनावरलाई काटेर खान्छौं । उनीहरुको बस्ने ठाउँ खोसेका छौं । अरुको जीवन पनि छैन जस्तो ठान्छौं । अनावश्यक तरिकाले प्रकृतिको नाश गरिदिनाले बाढी, पहिरो जाने, जीवजनावरहरु लोप हुँदै जाने, मानिसको जीवनमा अनावश्यक रोगहरु लाग्ने र खाद्यान्नहरुको उत्पादनहरुको कमी हुने हुनाले हामी मानिसहरुलाई पत्येक रुपमा नकारात्मक असर परिरहेको छ । त्यसैले हामीले प्रकृतिको जथाभावी दुरुपयोग नगरिकन सधैं प्रकृतिको सदुपयोग गर्नुपर्छ भन्ने कुराको जानकारी पाएँ । अबदेखि म पनि प्रकृतिको रक्षा गर्ने तरिकाहरु सिक्छु र सकेसम्म अरुलाई पनि यस्ता कुराहरुको जानकारी गराउँछु भन्ने लागेको छ । यसरी हामीले प्रकृतिको महत्त्व बुझ्यौं भने हामी मानिस र प्रकृति बीचको अटूट सम्बन्ध रहन्छ । जसले गर्दा हामीलाई निकै फाइदा पुग्छ ।
स्वीकार ६०७५
कक्षा ः ८
बूढानीलकण्ठ स्कूल, काठमाडौं

Top