भूपप्रसाद धमला २८ असार २०७७, आइतवार

 

अजिङ्गर कोल्टे फेर्दा छेपारो गर्छ टर्टर
अजिङ्गर सामु पर्दा छेपारो काम्छ थर्थर
अजिङ्गर पर सर्दा छेपारो फुर्ती गर्दछ
अजिङ्गर वर पर्दा छेपारो पर सर्दछ।

 

भुसुना निल्न पाएर छेपारो दङ्ग पर्दछ
अजिङ्गरबाट बच्न विविध रङ्ग फेर्दछ
अजिंगरे चाला देख्दा दुनिया दङ्ग पर्दछ
छेपारोको i चाला देख्दा जगतै छक्क पर्दछ।

 

आज हेर्छु भोलि हेर्छु छेपारो जैले देख्दछु  

भोलि हेर्छु पर्सि हेर्छु छेपारो पैले देख्दछु  

यता हेर्यो उता हेर्यो छेपारै देखा पर्दछ

मलाइ देख्दा छेपारो नै अझै पर सर्दछ।

 

यता उता गरी कन छेपारो दिन काट्दछ

छेपारो त्यो नदेख्दामा मान्छेको मन फाट्दछ

किन किन आज एउटै छेपारो मैले देखिन

छेपाराको कथा पनि किन पो मैले लेखिन।

 

अजिङ्गर अनि उही छेपारो यहाँ बस्दछन

प्रकृतिमा आफै आफै यसै नै तिनी रम्दछन

तर जान्नु अजिङ्गर जहिले शक्तिशाली छ

छेपारोका लागि भने पुरै संसार खाली छ।

 

भूपप्रसाद धमला

२०७७ असार २८

कोटेश्वर, काठमाडौ

Top