बालसिर्जना संवाददाता २७ साउन २०७७, मंगलवार

 

पहाडै पहाड, डाँडै डाँडाले भरिएको देश नेपालको एउटा सानो जस्ता राता गाला, गाजलु आखाँ, सुन्दर लामा लामा कपाल मोहनी लगाउने किसिमका थिए। कान्छी आफ्ना प्यारा आमाबुवा र चकचके भाइसँग एउटा साधारण परिवारमा हुर्केकी गाउँकी सोझी केटी थिइ। ऊ एघार वर्षकी भए पनि काम गरेर कान्छी र उसको परिवारले गुजारा गर्थे। गरीब र अशिक्षित भएकाले कान्छी अरुको  घरमा काम गर्थी। त्यसै गरी कान्छी खेलेर कुदेर काम गरेर बस्थी।

एक दिन शहरमा बस्ने एउटा लाल्ची कटो कान्छीको गाउँमा पुग्यो। उसको नाम वितान्त थियो। उसले कान्छीलाई काठमाण्डौ शहर लग्ने भनेर लालच देखाएर आफ्नो जालमा फसायो। उसले भन्यो तिम्रो परिवारको दुखकष्ट सबै जान्छ तिमी आफ्नो गाउँभन्दा शहरमा अझै सुखशील हुनेछौ। शहरका झिलीमिली बत्ती गाडी, घर र अरु सबै सुविधा तिम्रो गाउँका भन्दा धेरै राम्रा छन्। यसरी कान्छी अशिक्षित भएर वितान्तको मायालु जालमा फसी। त्यो दिनको भोलिपल्ट कान्छी रातीतिर कसैलाई नभनिकन फटाफट आफ्नो सामान बाधेर झ्यालबाट हामफालेर सुटुक्क गइ हाली। वितान्त र कान्छी बसमा बसे र बिहानतिर काठमाण्डौ शहरमा पुगे । कान्छी काठमाण्डौको झिलीमिली ठाउँहरु देखेर आकर्षित भइ। उसले तिनचार दिनसम्म मिठो खाना खान पाइ, शहरका राम्रा ठाउँहरु घुम्न पाइ तर यो सुख धेरैदिनका लागि थिएन। केही दिनपछि वितान्तले कान्छीलाई अर्को बसमा बसालेर काम गर्ने ठाउँमा पुर्याइदिन्छु भन्यो । त्यसपछि अर्को दिन हेर्दा ऊ भारतको अनौठो ठाउँमा थिइ । वितान्तले कान्छीलाई आफ्नो फाइदाका लागि बेच्यो। अतः कान्छी आफ्नो गलत निर्णयले आफू ठूलो संकटमा परेकी थिइ भन्ने पछुतो भए तापनि अब यस जालबाट आफू बाहिर निस्किन सकिन्न भन्ने थाहा पाइ ।

त्यसैले हामीले चेलीहरुलाई शिक्षित बनाउनुपर्छ ताकि उनीहरु आफ्नो राम्रो नराम्रो छुट्याउन सक्छन् र जीवनमा सफलता प्राप्त गर्न सक्छन्।

मिसिका जयसवाल

बूढानीलकण्ठ स्कूल

कक्षा :  ६

Top