थ्रीडी चलचित्र सामान्य चलचित्र झैं पर्दामै देखाइन्छ । यस्ता चलचित्र हेर्न भने विशेषप्रकारको चस्मा लाइन्छ । हाम्रा दुई आँखा एकअर्काबाट करिब ६५ मिलिमिटर टाढा छन् ।
त्यसैले दुईवटा आँखाका रेटिनामा दुई भिन्दाभिन्दै चित्र बन्छन् । यी दुई भिन्दा भिन्दै चित्रलाई हाम्रो मस्तिष्कले एउटै चित्रमा समायोजन गर्छ र हामी उक्त वस्तु त्रिआयामिक देख्छौं । थ्रीडी चलचित्र बनाउँदा दुईवछा लेन्स भएको एक विशेष प्रकारको क्यामेराले चलायमान दृश्य खिच्छ ।
दुवै लेन्सले दुई कोणबाट चलचित्र खिच्छन् । चलचित्र देखाउँदा पनि दुई छुट्टाछुट्ै प्रोजेक्टरबाट सँगै खिचिएका दुई छुट्टाछुट्टै चित्र पर्दामा देखाइन्छ ।यसरी देखाउँदा एकै समयमा खिचिएका दुईवटा चित्र त्रिआयामिक देखियोस् भन्नका लागि दर्शकलाई विशेष प्रकारको चस्माले हाम्रो बायाँ आँखाले बायाँतिरको क्यामेराले खिचेको चित्र र दायाँ आँखाले दायाँतिरको क्यामेराले खिचेको चित्र मात्र देख्न सक्ने स्थिति निर्माण गरिदिन्छ ।
यी दुई भिन्ना भिन्नै चित्रलाई हाम्रो मस्तिष्कले समायोजन गरेर हामीलाई त्रिआयामिक चित्रको अनुभूति गराउँछ ।






