बालसिर्जना संवाददाता ३१ भदौ २०७६, मंगलवार

donkey
 

कुनै गाउँमै शुद्धपट नाम गरेको एकजना धोबी थियो । कपडा धुने र सम्बन्धित कहाँ पु-याउने काम भएकाले काममा सजिलोका लागि उसले एउटा गधा पालेको थियो ।

खोलामा कपडा लैजाने बेलामा ऊ त्यसै गधामाथि भारी लाद्थ्यो र साँझपख कपडा लिएर फर्कने बेलामा पनि ऊ त्यही गधालाई कपडा बोकाउँथ्यो । काम बेसरी लदाए पनि गधालाई खानेकुरा दिन भने ऊ निकै कञ्जुस्याईँ गथ्यौ ।

ऊ र उसको परिवार खोलामा कपडा धुन बस्दा गधा नदी किनार वरिपरि चथ्र्यो र त्यसैके भरमा जीवन गुजारा गर्न बाध्य थियो । शरीरलाई चाहिने जति खाना नपुगेपछि गधा दुब्लाउदै गयो । धोबीले गधा दुब्लाउनुको कारण भने बुझेको थियो । कसो गरेर गधालाई मनग्ये खुवाउने होला भन्ने कुरा उसको दिमागमा खेलिरहेको थियो ।

एक साँझ ऊ गधाको पिठिउँमा चढेर त्यसैमाथि कपडासमेत लादी घरतिर फर्कदै थियो । उसले बाटोमा एउटा मरेको बाघ भेट्यो । ऊ हतारहतार गरेर गधाबाट ओर्लियो र उसले चक्कु झिकेर बाघको छाला निकाल्यो । त्यस छालालाई राम्ररी सुकाएपछि गधालाई लगाइदियो ।

जब ऊ कपडा बोकाएर गधालाई नदी किनारमा पु¥याउँथ्यो तब बाघको छाला लगाइदिएर किसानको अन्नबाली फलेको खेतबारीमा लगेर छोडिदिन्थे । किसानहरु बाघ देखेर गधालाई धपाउन जान डराउँथे । दिन बित्दै गयो । गधाको शरीर पनि किसानको अन्नबाली खाएर पुष्ट हुँदै गयो । बलियो भएपछि गधा पनि निकै दम्भवाला हुन थाल्यो । आफूले मेहनत नगरी गधा पुष्ट हुँदै गएकोमा शुद्धपट दङग थियो ।

अरुबेलाजस्तै एक दिन त्यो गधा अन्नबाली खाइरहेको थियो । कतैबाट एउटा पोथी गधा त्यहाँ आइपुगि । खाएर बलियो भएको त्यो गधा पोथीको गन्ध पाउनासाथ मदमत्त भएर कराउन थाल्यो । गधा बेजोडले कराएको किसानहरुले सुने ।

त्यसअघि बाघ भएको वरिपरि पनि नपरेका खेतिवालहरु एकजुट भएर मुग्रो लाठ िकोदाला लिएर त्यो गधामाथि जाइलागे । भाग्दाभाग्दै र कुटाय खाँदाखाँदै उसले लगाएको बाघका छाला जमिनमा खस्यो र सक्कली गधाको रुपमा देखियो । किसानहरुको चुयटाले गधा जमिनमा लड्यो र खुट्टा फटफटाउदै म-यो ।

Top