मनाङ् जिल्लाभित्रको चार वटा गाउँपालिका मध्येको सबैभन्दा दुर्गम गाउँपालिका नार्फू गाउँपालिका हो । यो गाउँ समुद्रि सतहबाट ४,४०० मिटर उचाइमा पर्दछ ।
चारैतिर हिमालले घेरिएर रहेको छ । यहाँ जम्मा ३०० जनसंख्या रहेको छ । टाढाबाट हेर्दा यो गाउँ सानो फूलबारी जस्तो देखिन्छ । यहाँको मुख्य पेशा भनेको खेतीपाती र पशुपालन नै हो ।
यहाँ दुर्लभ जडिबुटीहरू पाँचऔंले, यार्सागुम्बा, शिलाजीत आदि पाइन्छन् । उनीहरूको मुख्य धर्म बौद्ध हो । हिउँद महिनामा धेरै हिउँ पर्ने हुनाले यहाँका मानिसहरू हिउँदमा ४ महिना जति ४-५ घण्टा टाढा पर्ने क्याङ्मा भन्ने ठाउँमा गएर बस्ने गर्दछन् ।
जब जाडो सकिन्छ अनि खेतीपाती गर्न फर्किन्छन् । दिनभरी उन काट्ने काम गर्छन् । उनबाट आफ्नै हातले बुनेको बख्खु लगाउछन् । भेडा च्याङ्ग्राको सुसार गर्छन् त्यसैले होला उनीहरूलाई जाडो भएको पनि महशुस हुँदैन ।






