बालसिर्जना संवाददाता १ असोज २०७६, बुधवार

fish
 

एउटा पोखरी थिया । त्यहाँ भ्यागुता र माछा बस्दथे । उनीहरू मिल्ने साथी थिए । उनीहरू एक दिन गफ गरेर बसिहरको बेलामा एकजना माझाी आएर जाल हाल्न थाल्यो । अनि उनिहरू झटपट पानी भित्र लुके ।

पानी भित्र गएपछि भ्यागुतो ले माछालाई भन्यो – हेर साथी ! अब हामी यहाँ बस्नु हुँदैन हामीलाई यहाँ खतरा छ । अब यहाँ मानिसले हामीलाई जालभित्र पारेर लिएर जान्छन् । माछाले भन्यो केही हुँदैन साथी तिमी नडराउँ । अनि भ्यागुताले भन्यो हामी यो पोखरी छाडेर अर्को पोखरीमा सरौ हैन भने मानिसहरूले हामीलाई मार्छन् ।

माछाले नडराई केही हुँदैन तिमी नडराउँ भन्यो । तैपनि भ्यागुतो डराएर भन्यो लौ तिमी बस्ने भए बस म त गए भनेर अर्को पोखरीमा गायो । त्यसको भोलीपल्ट बिहानै माझी आयो र त्यस पोखरीमा जाल हान्यो । माछा पनि उक्त जालमा फस्यो ।

अनि माझीले जालमा हालेर लिएर गयो । जाँदैगर्दा बाटोमा भ्यागुतोले उक्त माछालाई देख्यो र भन्यो हेर मैले भनेको मानेको भए । आज तिमी त्यो जालमा हुने थिएनौ । के गर्छौ आफैले गर्दा मृत्युको मुखमा पुग्यौं ।

Top