किरणका झुल्काले हाल्छन् हिमालमा
रातमा पौंडी खेल्छ जुनले दह होस् या तालमा ।
सेतो च्यादर ओडी हिमाल मुसुमुसु हाँस्छ
रङगधरी डाँफे रमाउँदै नाच्छ ।
पहाडमा गुराँसले वनै रातो पार्छन्
डाफे मुनाल कोकिलले नौलो भाका फेर्छन् ।
पाँच औले जटामसी चिराइतो पनि
यार्सागुम्बा आदि धेरै जडिबुटी पनि।
तराइमा धानका बाला लहलह झुल्छन्
सोहि धानलाई पाहुनाले पिताम्बर देख्छन् ।
गाह्रोसाह्रो परेपछि एक अर्का रुन्छन्
रुवाइको क्र्रन्दनलाई झरनाले थुन्छन् ।
खोला नाला सुसाउँदै आफ्नो गीत कोर्छन्
नागवेली पहाडले अडिग बन भन्छन् ।
तालकुण्ड झरना पनि नेपालीका साथी
यिनको संरक्षण गरे हामी पुग्छौं माथि ।
बुद्ध जन्मे शान्ति छर्न यही माटोमा
नेपालीले हिड्नुपर्छ अब उनकै बाटोमा ।
सीता, पासाङ भृकुटी नि नेपालको छोरी
हिमालमा मुस्कुराउ जुनी जुनी भरि ।
धेरै भाषाभाषी अनि जातजाति पनि
बस्छन् यहाँ सबैजना मिलिजुली गरी ।
धर्म अनि संस्कृतिमा हामी अगाडी हौं
यो देशको उउन्नतमा हामी सबै लागौं ।
वीरपुर्खाको रगतले रङ्गिएको माटो
एक अर्कामा सबै मिलौं गर्नुहुन्न फाटो ।
देश रहे हामी हुन्छौं नत्र कहाँ हुन्छौं
सबै मिलि बाचौं अनि सबै मिली हाँसौ ।
संयम ढकाल






