बालसिर्जना संवाददाता १ असोज २०७६, बुधवार

stethoscope
 

स्टेस्थेस्कोप एउटा चिकित्सकीय यन्त्र हो । यसको आविष्कार सन् १८१६ मा फ्रान्सका आर.टी.ए. लैनिक नामक वैज्ञानिकले गरेका हुन् ।

यो यन्त्र चिकित्सकले घाँटीमा बेरेर हिँडिरहेका हुन्छन् । स्टेथेस्कोपको मद्दतबाट चिकित्सकले बिरामीको मुटुको धड्कन, श्वासनली तथा फोक्सोमा हुने श्वासप्रश्वास प्रक्रिया र पेटभित्रका पाचनक्रियाको अवस्था थाहा पाउने गर्छन् ।

स्टेस्थेस्कोपको एउटा छेउमा कानमा घुसार्ने दुईवटा नली हुन्छन् । अर्को छेउ शरीरभित्रमा ध्वनि सुन्न शरीरमा भागले छुवाउने गोलाकार वस्तु जोडिएको हुन्छ । एक छेउको गोलाकार भागले बिरामीको शरीरमा छुवाई अर्को छेउमा दुईवटा नली दुई कानमा घुसारेर चिकित्सकले जाँच्ने गर्छन् ।

यसैबाट शरीरभित्रको ध्वनि सुनेर चिकित्सकले रोग पत्ता लगाउने गर्छन् ।

Top