बालसिर्जना संवाददाता १ असोज २०७६, बुधवार

beautiful fish
 

मानिस वा अन्य स्तनधारी जन्तुको फोक्सोबाट श्वासप्रश्वास प्रणाली सञ्चालित हुन्छ तर माछा फोक्सो हुँदैन । त्यसैले माछाको सास फेर्ने प्रक्रिया फरक हुन्छ ।

श्वासप्रश्वासका लागि माछाको टाउकोको अलि तल ढकनले छोपिएको अवस्थामा गिल्स नामको विशेष अङ्ग हुन्छ । त्यो अङ्ग प्वालभित्र हुन्छ । यो भित्रबाट मुखसँग जोडिएको हुन्छ । माछाले पहिलो आफ्नो मुखमा पानी भर्छ र फेरि आफ्नो गिल्सको मद्दतले त्यो पानीलाई बाहिर निकाल्छ ।

यही क्रममा माछालाई अक्सिजन प्राप्त हुन्छ । माछाले गिल्सबाट मुखभित्रको पानी बाहिर निकाल्ने क्राममा पानीभित्र घुलिएर रहेको अक्सिजन सोसेर लिन्छ र यो अक्सिजनले रगतलाई शुद्ध पार्छ । गिल्सले शरीरुमा उत्पादन भएको कार्बनडाइअक्साइड ग्याँसलार्य शरीर बाहिर फाल्ने काम पनि गर्छ ।

Top