विनय अर्याल, अमेरिका ४ साउन २०७७, आइतवार

 

एक स्पेनिश अन्वेषक डन गैसपार डे पोर्तोलाले १७६९ मा एउ६ा नयाँ जमिन पत्ता लगाएका हुन् ।  जुन जमिनलाइ अहिले सान्ता क्रुजको शहर भनेर चिनिन्छ। जब उनी  बगिरहेको सुन्दर नदीमा पुगे उनले सेन्ट लॉरेन्सको सम्मानमा यसलाई सान लोरेन्जो नाम दिए ।

जमीन पत्ता लगाएकाे बाईस बर्षपछि १७९१मा फादर फर्मिन डे लासुएनले क्यालिफोर्नियामा स्थापना हुने बाह्रौं मिशन सान्ता क्रुजमा स्थापना गरे। सान लोरेन्जो नदीको पार, जुन अहिले पूर्वी सान्ता क्रुज भनेर चिनिन्छ, भिल्ला डी ब्रान्सीफोर्टे स्थापना भएको थियो । यो क्यालिफोर्नियामा तीन नागरिक बस्ती मध्येकाे एउटा महत्त्वपूर्ण वस्ती हाे । याे स्पेनिश द्वारा स्थापना भएको थियो। अन्य बस्तीहरू सान जोस र लस एन्जलस थिए। विला डी ब्राँसिफोर्टे पछि मिशन सान्ता क्रुज समुदायको साथ नदीमा मर्ज गरियो।

सन्‌ १८२० मा मेक्सिकोले यस क्षेत्रलाइ नियन्त्रणमा लिन थालेको हाे । आउँदो बीस वर्षभित्रमा अमेरिकीहरू ठूलो संख्यामा आइपुगे। क्यालिफोर्निया  १८५० मा एउटा राज्य बन्न पुग्यो र सान्ता क्रुज काउन्टीस सत्ताइसौं मूल काउन्टी मध्ये एकको रूपमा सिर्जना गरियो। यसको हल्का मौसम र प्राकृतिक सौन्दर्यको कारण सान्ता क्रुज पनि एक प्रमुख रिसोर्ट समुदाय भयो। सान्ता क्रुज भ्रमण गर्नका लागि एउटा सुन्दर ठाउँ हो। याे शहरमा धेरै रोचक चीजहरु छन्। सान्ता क्रुज शहरमा धेरै समुद्री तटहरू छन्। गर्मी समयमा धेरै मानिसहरू समुद्रको किनारमा आफ्नो गर्मी बिदाको आनन्द लिन जान्छन्।

विनय अर्याल

अमेरिका

 

 

 

Top