एक साता निषेधाज्ञा थप : काठमाडौं प्रशासन
कोरोना संक्रमण हुने क्रम दिनप्रतिदिन बढ्दै गएकाले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रंमुख जिल्ला अधिकारीबीच बुधबार बिहान बसेको संयुक्त बैठकले निषेधाज्ञा भदौ १७ गतेसम्मका लागि थप गरेको हो । यसअघि गत बुधबार मध्यरातिदेखि लागू निषेधाज्ञा आजै...बाँकी
८ दिनमा १८ उडानलाई अनुमति
‘काठमाडौंमा बढ्दो कोरोना संक्रमणको कारण देखाउदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्वारेन्टाइनको अभाव देखिएमा जुनसुकैबेला पनि यो तालिका पनि स्थगन हुन सक्ने जनाएको छ’ काठमाडौँ — होटल क्वारेन्टाइनको अभाव देखाउँदै गएको मंगलबार स्थगन गरिएको पाँचौं चरणको ४० वटा मध्ये १८ वटा उद्धार उडान हुने भएका छन् । संस्कृति,...बाँकी
उपत्यकाका यी स्थानमा काटिदैछ विद्युत्
७ भदौ, काठमाडौं । नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उपत्यकाका केही स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालयका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न...बाँकी
औपन्यासिक कलाका दृष्टिले अब्बल कृति ः अधबैंसे आइमाई
बिमला हुमागाई नेपाली आख्यानमा नयाँ नाम हो । उनको व्यक्तिगत फेहरिस्तसँग यो लेख जोडिएको छैन । केवल आख्यानकारको लेखकीय शैली र आख्यानकलाका बारेमा मात्रै केन्द्रित छ । लेखकका आगामी प्रकाशनले उनको परिचयलाई अझ उजिल्याउने छ । नेपाली आख्यानको फाँटमा लहराएको कृति पढेपछि लेखकका बारेमा खोजीनिति गर्नु पाठकको पनि...बाँकी
कोरोना भाइरस
के आयो भाइरस यस्तो त्रास संसार भरी । बाहिर हिँड्न मुस्किल भयो रोग अनेक थरी ।। अङ्कमाल, हात मिलाउने बानी छोड्नुपर्छ । अभिभावक टाढैबाट हात जोड्नु पर्छ ।। बारम्बार सेनिटाइजर अनि साबुन पानी । प्रयोग गरौं सबले अब छोडौं अल्छी बानी ।। भिडभाड र जमघटमा अब कम नै...बाँकी
काठमाडौं उपत्यकामा मात्रै २ सय जना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १७४ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ८ जना संक्रमित थपिएका हुन्।बाँकी
अाज मात्रै १०१६ जनामा कोरोना संक्रमण
२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १०१६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । नेपालमा ९ माघ, २०७६ मा कोरोना संक्रमण भेटिएपछि एकैदिनमा पहिचान भएको यो सबैभन्दा धेरै संक्रमित हो । यससँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । उनीहरुमध्ये ११४ जनाको...बाँकी
अलबिदा ः राष्ट्रकवि माधवप्रसाद घिमिरे
२ भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिपारिक श्रोेतले जनाएको छ । थप समाचार प्राप्त हुन बाँकी छ । बाँकी
एसईई २०७७ को नतिजा सार्वजनिक
१ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले प्रेसलाइ जानकारी दिए । पौडेलका अनुसार ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको हो । नतिजा...बाँकी









